व्यवसाय वृद्धीसंगै जीवन बीमा कोष बलियो बनाउँदै ज्योति लाईफ इन्स्योरेन्स

काठमाडौँ, १८ वैशाख । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा नै ज्योति लाईफ इन्स्योरेन्सले चालु आ.व.को तेश्रो त्रयमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

कम्पनीद्वारा प्रकाशित वित्तीय विवरण अध्ययन विश्लेषण गर्दा अघिल्लो आ.व.को सोही अवधिको तुलनामा यस आ.व.को तेश्रो त्रयमासमा कुल बीमा शुल्कमा ९७ प्रतिशतले वृद्धी गर्दै रु. १.१४ अर्ब आर्जन गर्न सफल भएको छ । कम्पनीले अल्पकालिन लगानी घटाई दिर्घकालिन लगानीलाई प्राथमिकता दिएको कारणले दिर्घकालिन लगानी ८३ प्रतिशतले वृद्धि भएको छ भने अल्पकालिन लगानीमा ५८ प्रतिशतले गिरावट आएको छ । व्यवस्थापन खर्चमा भएको वृद्धिको बाबजुद कम्पनीले खुद नाफामा समेत १४ प्रतिशतले सुधार गर्दै रु. ११.५१ करोड नाफा गर्न सफल भएको छ भने नाफाको रकम बीमाङ्कीय मूल्याङ्कन पश्चात परिवर्तन हुन सक्नेछ ।

व्यवसाय तथा बीमितको संख्या वृद्धिसंगै कम्पनीको दाबी भुक्तानी रकम पनि १३६ प्रतिशतले वृद्धी भई दावि वापत रु.८९.५९ लाख भुक्तानी गरेको छ । व्यवसाय तथा लगानी बृद्धि, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीको तेश्रो त्रयमासमा जगेडा कोषमा समेत ८३ प्रतिशतले वृद्धि भई रु.३७.३९ करोड कायम हुन गएको देखिन्छ भने जिवन बीमा कोषमा १९१ प्रतिशतले वृद्दि भइ रु. १.४० अर्ब रहेकोे छ । कम्पनीको वित्तीय विवरण अध्ययन गर्दा दिर्घकालिन लगानीको अनुपात बढी रहेको र वित्तीय बजारमा निक्षेपको ब्याजदरमा कमी आएता पनि कम्पनीको नाफा आगामि दिनमा समेत सन्तुलित हुने विश्लेषण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले

एजेन्सी, १९ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडटर्म (मध्यावधि) चुनावमा रिपब्लिकन पार्टीले व्यहोरेको हारको जिम्मेवारीबाट पन्छिने प्रयास गरेका छन् ।

एजेन्सी, १९ कार्तिक । इरानले भारत, चीन, इराक र कतारका जहाजलाई होर्मुज जलमार्गमा लगाइएको पारवहन प्रतिबन्धबाट छुट दिएको छ । यी