कोरोना भाइरसको महामारीका कारण कक्षा छोड्ने विद्यार्थीकाे दर बढ्न सक्ने

काठमाडौँ, १८ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले विद्यालय तहको कक्षा सञ्चालनमा केही विलम्ब हुँदा विद्यार्थीले कक्षा छोड्ने दर बढ्न सक्ने औँल्याइएको छ ।

सङ्क्रमणका कारण २ वैशाखदेखि १५ सम्म हुने विद्यार्थी भर्ना अभियान अवरुद्ध भएको साथै अनलाइन कक्षाहरू पनि विद्यार्थीको पहुँचमा पुग्न कठिनाइ देखिएपछि विद्यालय जाने उमेर समूहका धेरै बालबालिका विद्यालयबाहिरै रहनसक्ने आँकलन गरिएको छ ।

यो अवस्थामा विद्यालय तथा शिक्षकले अभिभावक र विद्यार्थीसित सम्पर्कमा रहनुपर्ने तथा कक्षा सञ्चालन हुन नसकेको अवस्थामा पनि प्रविधिमार्फत विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने खाँचो शिक्षासम्बद्ध व्यक्तिहरूले औँल्याउनुभएको छ । यसमा स्थानीय सरकार र अभिभावकको पनि समन्वयकारी भूमिका अपेक्षित हुने जनाइएको छ ।

अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरी कोरोना सङ्क्रमणले आफ्नो जीविकोपार्जन गर्न समस्या भएर पढ्नका लागि सहरी क्षेत्रमा बसेका झन्डै ४० प्रतिशत मानिस गाउँमा पुगेको बताउँछन् ।जनजीवन सामान्य भएर आफ्नो व्यापार, व्यवसाय तथा पेसा पुरानै अवस्थामा सञ्चालन आउने वातावरण नबनेसम्म गाउँमा पुगेका नागरिक सहरमा आउन नसक्ने भन्दै यसले बालबालिकाको पठनपाठनलाई प्रत्यक्ष रूपले प्रभावित पार्ने विश्लेषण छ ।

‘विद्यालय नखुलेको अवस्थामा पनि प्रविधिको माध्यमबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिने प्रयास गरिनुपर्छ’ उनको भनाइ छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका परेका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद्

काठमाडौँ, १५ भदौ । बाँकेमा ईभी गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित सडकमा चिसापानीबाट

काठमाडौँ, १५ भदौ । ललितपुर महानगरपालिका-३ स्थित फाल्चा पाटीमा नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा

काठमाडौँ, १५ भदौ । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ ।