अभिनेता इरफान खान आईसीयूमा भर्ना

काठमाडौँ, १७ वैशाख । बलिउड अभिनेता इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएपछि मुम्बईको कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।

उनको स्वास्थ्य अवस्था किन बिग्रियो र उनको समस्या के हो र आईसीयूमा किन भर्ना गरियो, अहिले यसबारेमा कुनै जानकारी सार्वजनिक भइसकेको छैन ।

अस्पताल स्रोतले इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएको र आईसीयूमा भर्ना गरेको बाहेर अरु जानकारी दिन मानेका छैनन् । इरफान खानका एक प्रवत्ताले निकालेको बयानमा भनिएको छ, ‘इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको कुरा साँचो हो । उनलाई कोलन इन्फेक्शन भएको छ ।

फिल्म ‘अङ्ग्रेजी मिडियम’ का क्रममा उनको स्वास्थ्य स्थिति बिग्रिएको बताइन्छ । यस कारण कैयौँ पटक शुटिङ नै रोकिएको थियो । जब इरफान खान राम्रो भएको महसुस गर्थे तब शुटिङ हुन्थ्यो । भर्खरै मात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ

काठमाडौँ, ५ बैशाख । बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा मेसीको दुई

काठमाडौँ, ४ बैशाख । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले

काठमाडौँ, ४ बैशाख । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021