काठमाडौँ, १६ वैशाख । सरोकारवालाहरुले सेयर बजार खुलाउन माग गरेका छन् ।
बजार लामो समयदेखि बन्द हुँदा समथ्र अर्थतन्त्रमा नै नकरात्मक असर पर्ने भन्दै उनीहरुले बजार खुलाउनु पर्ने बताएका हुन् । कोरोना भाइरस (कोभिड–१९) को महामारी पछि लगानीकर्ताहरुकै आग्रहमा १० चैतदेखि बजार बन्द रहेको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष अम्बिकाप्रसाद पौडेलले एक महिना भन्दा बढी बजार बन्द हुनु राम्रो नभएको भन्दै खुलाउनु पर्ने बताए ।
केहि सहजता बनाएर बजार नखुलाए लगानीकर्ताको विस्वास घट्ने पौडेलले बताए ।






