डा. बाबुराम कम्पनीको ‘पानीको फोका’ फुटाउने युवा-विद्यार्थीको उद्घोष

काठमाडौँ, १६ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई युवा विद्यार्थी संगठनले डा. बाबुराम भट्टराई कम्पनीका खलनेताको अहिलेको राजनीतिक फण्डाको पानीको फोकालाई तत्काल फुटाउने उद्घोष गरेका छन् ।

हिजो अनेरास्ववियूका नेता नारायण घर्ती तथा राष्ट्रिय युवा संघका नेता सञ्जिव कुमार झाद्वारा संयुक्त रुपमा डा. बाबुराम भट्टराई, हिशिला यामी, आङ्काजी शेर्पा र विश्वदिप पाण्डेविरुद्धको दिईएको उजुरी प्रहरीले लिन अस्विकार गरेपछि पुनः आज सरकारी वकिल कार्यालयमा उजुरी दर्ता गर्न पुगेका युवा विद्यार्थीले बाबुराम रहेको राजनीतिक पार्टी नभई एउटा कम्पनी भएको, जसले फण्डा तथा झुटको खेती नगरी प्रतिष्ठित व्यक्तिमाथि मानहानी गरेकाले त्यसको कानुनी उपचार खोजेरै छोड्ने उद्घोष गरेको छ ।

प्रधानमनत्री केपी ओलीको निर्देशनमा नेकपाका केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्वआइजीपी सर्वेन्द्र खनालले जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भनि सामाजिक सञ्जाल तथा कतिपय मिडियामा प्रचारवाजी गरी मान मर्यादाको मानहानी गरेको तथा साइवर अपराधको समेत कार्य गरेकाले कानुनी उपचारको बाटो अवलम्बन गरेको युवा विद्यार्थीले बताएका छन् ।

नेकपाका जिम्मेवार नेतृत्वसँग विशुद्ध राजनीतिक छलफलको क्रममा काठमाडौँ डा. यादवकै सल्लाह अनुसार आएको विषयलाई लिएर डा. भट्टराई, आङ्काजी शेर्पालगायतको समुहले झुटको खेती गरेको बताइएको छ । अहिले पनि डा. यादवलाई धाक धम्की तथा बन्धक बनाएर राखी अनावश्यक कुराहरु वोल्न लगाई डा. यादव अपहरणकै अवस्थामा राखेको उल्लेख गर्दै युवा विद्यार्थीले डा. यादवलाई छुटाउन युवा विद्यार्थीले कानुनी उपचारको माध्यम अघि बढाएको बताइएको छ ।

संवैधानीक अधिकार रहेको अभिव्यक्ति स्वतन्त्रता समेत कुण्ठित गर्दै डा. यादवलाई नजरवन्द गरी आफ्नो आदेशमा अनावश्यक कुराहरु वोल्न लगाएको आरोप लगाउँदै युवा विद्यार्थीले झुटको खेती गरेको भन्दै कानुनी राज्य स्थापना गर्नु युवा विद्यार्थी कानुनी ढोकामा आएको उल्लेख गरेका छन् । डा. भट्टराई कम्पनीले कुनै व्यक्तिलाई नभई पार्टी तथा सरकारविरुद्ध नियोजीत षड्यन्त्र गरेको बताउँदै त्यसको विरुद्धमा युवा विद्यार्थीहरु जस्तोसुकै कदम चाल्न पछि नपर्ने समेत बताएका छन् ।

पार्टी एकताको नाममा देशलाई टुक्र्याउने कार्यमा डा. भट्टराई लगायतका जनता समाजवादी पार्टी तल्लीन रहेको बताउँदै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ती युवा विद्यार्थीहरु विना वर्दीको प्रहरी भई काम गर्ने उद्घोष समेत गरेका छन् । पूर्खाले राखेको इतिहास सुरक्षीत गर्ने उल्लेख गर्दै जनता समाजवादी पार्टीले लिएको बहुराष्ट्रिय नीतिको विरुद्ध देशभर आन्दोलनको आगो बाल्ने चेतावनी समेत चेतावनी दिएका छन् । युवा विद्यार्थीले बाबुराम भन्दा युवा विद्यार्थीको लोकतन्त्रको स्थापनाको लागि रगत बगाएर स्थापना गरेको संघिय लोकतान्त्रीक गणतन्त्रलाई असफल बनाउने कुनै कुचेष्ठा नगर्न समेत चेतावनी दिएको छ ।

उक्त क्रममा अनेरास्ववियूका संयोजक ऐन महर, राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौडेल, किरण पौडेल, रमेश आचार्य, प्रभाव विक्रम कटुवाल, रामजी सापकोटा, अमित लामालगायतका युवा विद्यार्थीको सहभागिता रहेको थियो ।

उक्त क्रममा युवा विद्यार्थीले सरकारी वकिल कार्यालयका सह न्याधिवक्ता हरिप्रसाद रेग्मीलाई उजुरी हस्तान्तरण गरेका छन् । त्यस क्रममा सहन्याधिवक्ता रेग्मीले उक्त विषयमा अध्ययन गर्न एक हप्ताको समय माग गर्नुभयो । त्यस्तै जनता समाजवादी तर्फका उजुरी पनि सोही अनुसार भएको जनाईको छ । दुवै वटा उजुरी भने दर्ता भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका