क्रिकेटर उमर अकमललाई ३ वर्षे प्रतिबन्ध

एजेन्सी, १६ बैशाख । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले उमर अकमललाई तीन वर्षको प्रतिबन्ध लगाएको छ । उमर अकमल भ्रष्टाचारसम्बन्धी काममा संलग्न रहेको भन्दै पीसीबीले उनलाई तीन वर्षको प्रतिबन्ध लगाएको हो ।

सन् २००९ देखि उनी पटक पटक विवादमा तानिँदै आएका खेलाडी हुन् । जसका कारण डेब्यू टेस्टमै शतक बनाएका अकमलले अहिलेसम्म पाकिस्तानका लागि १६ टेस्ट मात्रै खेल्न पाएका छन् ।

यो सिजनको पाकिस्तानी सुपर लिग (पीएसएल) को सुरुमै फिटनेस टेस्ट गर्दा अकमल प्रशिक्षकसँग विवादमा परेका थिए । पहिला पनि तत्कालीन प्रशिक्षक मिकी आर्थरसँग विवाद भएपछि उनी क्याम्पबाटै आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मस्को, ३१ चैत । रूसी अधिकारीहरूले चीनको कोभिड–१९ बिरुद्धको भ्याक्सीनको अनुमतिलाई सुस्त बनाएका छन् । आफ्नै घरेलु खोपको बिकास गर्न

काठमाडौँ, ३१ चैत । भारतमा एकैदिन १ लाख ६१ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतको स्वास्थ्य

एजेन्सी, ३१ चैत । अमेरिकामा प्रहरीको गोली लागेर एक अश्वेत नागरिकको मृत्यु भएको छ । ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा

एजेन्सी, ३१ चैत । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना महामारीको अन्त्य हुन समय लाग्ने बताएको छ । विश्वमा कोरोना सङ्क्रमित

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021