डा. बाबुराम विरुद्धको उजुरी लिन प्रहरीद्वारा अस्विकार

काठमाडौँ, १५ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई संगठनले डा. बाबुराम भट्टराई, हिशिला यामी, आङ्काजी शेर्पा र विश्वदिप पाण्डेविरुद्धको उजुरी लिन अस्विकार गरेको छ ।

सोमबार काठमाडौँ प्रहरी परिसर टेकूले अनेरास्ववियूका नेता नारायण घर्ती तथा राष्ट्रिय युवा संघका नेता सञ्जिव कुमार झाद्वारा संयुक्त रुपमा दिईएको उजुरी लिन मानेन । नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, सांसद किसान श्रेष्ठ तथा पूर्वआइजीपी सर्वेन्द्र खनाललाई अपहरणको झुटा आरोप लगाई सामाजिक सञ्जालमा कुप्रचार गरी सामाजिक सञ्जालको चरम दुरुपयोग गरेको भन्दै दुई संगठनले साइवर क्राईम अपराध सम्बन्धी उजुरी दर्ता गर्न अस्विकार गरेको छ ।

प्रधानमन्त्री जस्तो गरिमामय पदमाथि उच्चपदस्थ व्यत्तिहरुबाटै गम्भीर आरोप लगाएकाले उजुरी दर्ता गर्न गएको युवा तथा विद्यार्थी नेताले जनाएका छन् । प्रहरीले मानमर्दन तथा राजनीतिक मुद्दा भएकाले दर्ता गर्न नमानेको बताइएको छ ।

प्रहरीले उजुरी दर्ता गर्न नमानेकाले कानुन जानकारहरुसँग छलफल गरेर थप रणनीति तय गर्ने उल्लेख गर्दै छलफलपछि थप निर्णय लिने दुवै संगठनका नेतृत्वले जनाएका छन् । लकडाउनमा धेरै भीडभाड हुने भएकाले सरकारको निर्णयलाई शिराधार्य गर्ने उद्देश्यका साथ फर्किएको बताइएको छ ।

उजुरी दर्ता गर्न अनेरास्ववियूका सांयोजक ऐन महर, राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौडेल, वरिष्ठ नेता किरण पौडेल, रमेश आचार्य, क्षितिज थेवे, रामजी सापकोटा, अशोक चौलागाईलगायतका नेतृत्वहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

shankar-pokharel

काठमाडौँ, ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दा ताजा जनादेशमा जानुनै उत्तम विकल्प भएको

काठमाडौँ, ६ बैशाख । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस

काठमाडौँ, ६ बैशाख । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सोमबार बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो

काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021