दोब्बर मूल्यमा सामान बेच्ने भाटभटेनीलाई ३ लाख जरिबाना

काठमाडौँ, १५ वैशाख । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी स्टोर टङ्गाललाई तीन लाख रुपैयाँ जरिबाना तिराएको छ ।

विभागको अनुगमन शाखाका निर्देशक सागर मिश्रका अनुसार बढी मूल्य लिएर सामान बेचेको उजुरीका आधारमा सोमबार अनुगमन गरिएको र बढी मूल्य लिएको पाइएकाले तीन लाख रुपैयाँ जरिबाना तिराएको हो ।

भाटभटेनीले एक सय २० रुपैयाँ पर्ने लाखमरीलाई दुई सय २० रुपैयाँमा बेचेको भेटिएको थियो । यस्तै विभागले सोमबार नै अन्य तीन वटा स्टोरलाई तीन लाख ५० हजार रुपैयाँ जरिबाना गरेको छ ।

अमरावती खाद्य भण्डार कपनलाई दुई लाख, एमवीटी खाद्य सप्लायर्स कपनलाई एक लाख र जीएन स्टोर कपनलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ । उनीहरुले बढी मूल्यमा बेच्ने, मुल्यसूची नराख्नेलगायतका कसुर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ

काठमाडौँ, ५ बैशाख । बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा मेसीको दुई

काठमाडौँ, ४ बैशाख । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले

काठमाडौँ, ४ बैशाख । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021