पर्यटन सुधारको विशेष प्याकेज घोषणा : मन्त्री भट्टराई

काठमाडौँ, १५ वैशाख । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आगामी बजेटमा पर्यटन सुधारको लागि विशेष प्याकेजको घोषणा हुने बताउनुभएको छ ।

सोमवार कोरान भाईरसले पर्यटन क्षेत्रका गम्भीर असर गरेको भन्दै पर्यटनको पुनरुत्थानको लागि विशेष प्याकेज ल्याउन तयारी भइरहेको जानकारी गराउँदै मन्त्री भट्टराईले सरकारले पर्यटन क्षेत्रको विकासको सरकारले काम गरिरहेको बताउनुभयो । कोरानाका कारण सवै भन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको भन्दै मन्त्री भट्टराईले आउने बजेट र नीति तथा कार्यक्रममा पर्यटन सुधारको प्याकेज घोषणा हुने जानकारी पनि दिनुभयो । उहाँले सरकारले एयरलाईन्स होटल,रेस्टुरेन्ट मर्जको नीति बनाएर लागु गर्ने समेत बताउनुभयो ।

नेपाल चेम्बर अफ कर्मशले सरकारलाई सुझाव दिएको छ । जसमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न लागि निजामति तथा संगठित संस्थाका कर्मचारीहरु र नागरिकहरुलाई प्रोत्साहन प्याकेज सहित आन्तरिक प्रेरित गर्नुपर्ने, कोरोनाबाट होटल तथा एयलाइन्सहरुलाई वित्तीय प्याकेज मार्फत उद्धार गरिर्नु पर्ने, ऋण,ऋणको ग्यारेन्टी कर्पोरेट बन्डमा सरकारको टेवा कर छुट एयरपोर्ट चार्ज लगायतमा वित्तीय सुविधा दिनुपर्ने, पर्यटकको प्रवद्र्धनको लागि थिंक ट्यांकको ब्यवस्था गर्ने लगायतका सुझाव दिएका छन ।

त्यस्तै मेडिकल टुरिजम, होम स्टे एग्रो टुरिजम, कल्चरल टुरिजम लगायतका विद्यागत पर्यटन प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउन माग समेत चेम्बरको छ । पर्यटकको चाप घटेको समयमा पर्यटन पूर्वाधारमा जोड दिनुपर्ने, नेपाल आयल निगम माग्दै आएको नगद धरौटीको सट्टा बैङ्क ग्यारेन्टीको ब्यवस्था गरी नगद धरौटी फिर्ता गर्नु पर्ने माग पनि समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021