प्रम ओलीको विकल्प खोजिए दुर्घटना हुन्छ : नेता शर्मा

काठमाडौँ, १५ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजिए दुर्घट्ना हुने बताउनुभएको छ ।

सोमबार नेपाली रेडियो नेटवर्कबाट प्रशारित नेपाली बहस कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता शर्माले अहिले तत्काल प्रधानमन्त्रीको विकल्प खोजीनुपर्छ भन्नेमा आफु नरहेको बताउनुभयो । पार्टीभित्रका समस्याहरु, सरकारभित्रका समस्याहरुलाई बसेर पार्टीमा छलफल गरेर समाधान गरेर लिएर जानुपर्ने बताउँदै उहाँले पार्टी एकतामा तलमाथि हुने कुरा कसैले पनि गर्नु नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो लडाई, आन्तरिक लडाई र पार्टीभित्रको लडाईँ, दलदलहरुका बीचका लडाई भन्दापनि सम्पूर्ण दलहरु मिलेर, सम्पूर्ण जनता मिलेर कोरोनाविरुद्ध लडाई लड्नुपर्ने, गरिबीका विरुद्ध लडाई लड्नुपर्ने, अब अर्थतन्त्र धरायशी हुन गैरहेको छ । र, कसरी अर्थतन्त्रलाई सुधार गर्ने भनेर केन्द्रित भएर अगाडि बढ्नुपर्ने बेला हो । त्यसकारणले सबै राजनीतिक दलहरु, दलभित्रका गुटहरु, तिनका सोचहरु, स्वार्थहरु, सबैलाई छोडेर देश र जनताको हितमा काम गर्ने बेला हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

shankar-pokharel

काठमाडौँ, ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दा ताजा जनादेशमा जानुनै उत्तम विकल्प भएको

काठमाडौँ, ६ बैशाख । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस

काठमाडौँ, ६ बैशाख । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सोमबार बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो

काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021