नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य राष्ट्रिय युवा संघका इन्चार्ज भक्तपुर क्षेत्र न २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य सांसद महेश बस्नेत, जसले मुलुक द्वन्द्वको पिडामा छटपटाई रहदा आतंक र ज्यादती विरुद्ध आम जनताको न्याय र बेसाहारा पीडितलाई न्याय दिन ज्यान जोखिममा राखेर जुध्नु भयो ।
त्यही दौरान कतिपय जिम्मेवार नेताहरु, वर्गिय संगठनका नेताहरु थुर थुर काप्दै कुना काप्चा लुक्दै लौन महेश तिमी नै हौ, अब यो बेला मुलुकको रक्षक बहादुर छोरा भन्दै अग्रह गर्दै गरेका थिए । देश र पार्टीको मुख्य पदमा बस्ने, बाहिर विपक्ष र अन्य दलका नेताको आवाजलाई सर्बोपरी ठानि ती ब्याक्तिहरु आफुलार्इ देवता सरह ठानी महेश कमरेडहरुलार्इ दानवको रुपमा व्याख्या गर्दै गरेको देख्दा अचम्म लाग्छ ।
महेशका पनि त स(साना छोरा छोरी थिए वृद्ध आमाबुबा, श्रीमती देश नेता कार्यकर्ता र आम जनताको लागी, कसैको प्रवाह चासो नगरी लडाइँमा अन्धो गोरु जसरी होमिएका हुन र परी आउँदा आजपनी र भोलि पनि तेसरी नै राष्ट्र र जनताको हितको लागि ज्यान बाजि लाएर लागेका छन र लाग्नेछन् ।
स्वभाव त महेश जोशिला हक्की भएता पनि कुनै काम गर्दा सोचेर योजना बनाएर बिबेक लगाएर, आवश्यक परामर्श गरेर अगाडी बढ्ने भएकाले उनी दुर दृष्टी भएका नेता हुन् । सबैको भावनाको सम्मान गर्दै हिड्ने विपक्ष संग पनि सहकार्य गर्न सक्ने स्वभावका धनि भएकाले उनको नेतृत्व बहुआयामिक छ भन्न हिचकिचाउनु हुन्न । उनीमाथी विरोधिले पटक पटक हमला हुँदा कयौं पल्ट ज्यान जोखिममा राखेका उनको राजनैतिक सफलता दिनप्रतिदिन वढ्दो छ । सायद नेपाल आमाको माया जनताको आशिर्वाद साथीभाइ र आम युवाको साथ र सहयोगले ने हो ।
आज पनि उनको लागी ज्यान दिन र लिन तयार छन । उनले नाफाको जीवन लिएर कुनै स्वार्थ अवसर र ब्यक्तिगत लाभको पछाडी नलागी समकालीन राजनीतिमा आफ्नो छुट्टै छवि बनाएका छन । समृद्ध नेपाल निर्माण, राजनैतिक स्थिरता स्वच्छ राजनीतिको लागी तत्कालीन नेकपा एमाले र नेकपाको ससक्त योद्धाको रुपमा उनले खेलेको भुमिका फेरि एक पटक तरार्इ जस्तो हिजो पहाडीमुलका मान्छेलाई निषेध गर्न लगाई फोहोरी र अस्वस्थ राजनीतिको बिजारोपन गरिएको स्थानमा तेहाबाट निर्बाचित सांसदलाई आफ्नो पार्टी भित्र अन्याय अत्याचर भयो ।
तपाईंको पार्टीमा प्रबेश गरेर तपाईंहरुसँग सहकार्य गर्न तयार छौं भन्दा कुन चाही नेता समन्वय गर्न जादैन । स्वभाबिक त्यही शिलशिलामा उनी पनि महोत्तरी गएका हुन । आफ्नो अढाइ बिगाको कम्पाउन्ड्मा बनेको घर, वरपर सबै आफना छिमेकी, सिङ्गो देहातको गाउँ आफ्नै भोटर र जनताको बिचबाट, बिदा भएर आफैले खाना खुवाइ, घरमै बसि नतेदार र नेताहरूसंग छलफल गरि बडिगार्ड, पीए, भिनाजु, भान्जा, प्रदेश सभा सदस्य, अर्का संघिय संसद र स्वयम उनी सहित ७ जन भाबी फुल मन्त्री बन्ने सपनामा मनमा सजाएर आएका सांसद आफू मन्त्री बन्ने चहाना पूरा नभएपछि अफ्नो स्वार्थ राजनीति पूरा गर्न आङ्गकाजी शेर्पा र विश्वदिपहरुले अपहरण गरेर बाबुराम र हिसिला यामीको घरमा बन्दक बनाएर राखेका छन र सुरु देखि ५ दिनमा ५ वटा बोली गेरेका छन । अहिले त उचालेर अपहरण गरियो भनी मुद्धा दर्ता गर्न गए भन्ने समाचार सुन्दा अचम्म लाग्यो ।
महेशको बच्चा देखीको साथी भएको नाताले म के भन्छु भने उनी मित लागाएर दोस्ती गरे घाटीको सिक्री दिन तयार हुने र निउं खोजेर गए अन्धो गोरुले जस्तो आक्रमण गर्ने काम गर्ने गर्दछन् । बाबुराम भट्टराईलाई महेश बस्नेतसंग सिङ्गौरी खेल्ने मनस्थिति बनाएका हुन भने महेश बस्नेत तयार छन् । उनलाई साथ दिन देश भरका लाखौं युवा र भक्तपुरका हजारौं जनसमुदाय तयार छन् ।
राजकुमार सिलवाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
जिल्ला कमिटी सदस्य






