विश्वभर काेराेना संक्रमित हुनेकाे संख्या ३० लाखनजिक

एजेन्सी, १५  बैशाख । विश्वभर कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट संक्रमित हुनेकाे संख्या ३० लाख नजिक पुगेकाे छ ।

 वर्ल्डो मिटर्स डट इन्फोका अनुसार साेमबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या २९ लाख ९४ हजार ३५२ पुगेकाे छ । हालसम्म काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या २ लाख ६ हजार ९६९ पुगेकाे छ । पछिल्लाे २४ घण्टामा मात्रै साढे तीन हजार बढीकाे मृत्यु भएकाे छ ।   अहिलेसम्म अमेरिकामा ५५ हजार ४१३ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार १५७ जनाकाे मत्यु भएको छ भने साढे २६ नयाँ संक्रमित भेटिएका छन् ।

अहिलेसम्म अमेरिकामा संक्रमितकाे संख्या ९ लाख ८७ हजार १६० पुगेको छ । तीमध्ये एक लाख १८ हजार ७८१ जना पूर्णरूपमा निको भइसकेका छन् । त्यस्तै इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २६ हजार ६४४ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ९७ हजार ६७५ जना कोरोनाबाट संक्रमित भएका छन् ।

आइतबार मात्रै इटालीमा साढे २ हजार नयाँ संक्रमित भेटिएका छन् भने २६० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६४ हजार ९२८ पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १ लाख ६ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने २ हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख २६ हजार ६२९ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २३ हजार १९० ले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा २८८ जनाको मृत्यु भएकाे छ भने साढे २ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । संक्रमितमध्ये १ लाख १७ हजार ७२७ पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ ८५ हजार ७१२ बढी कोरोना सक्रिय रहेको छ । तीमध्ये ७ हजार ७ जनाको अवस्था भने गम्भीर रहेको छ ।

फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ६२ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २२ हजार ८५६ पुगेको छ । संक्रिमतमध्ये ४४ हजार ९०३ पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९४ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये साढे ४ हजार ६२८ अवस्था भने गम्भीर रहेको छ ।

यता जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ५७ हजार ७७० पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ५ हजार ९७६ पुगेको छ । अहिले जर्मनीमा ३९ हजार ७९४ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख १२ भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।

अहिलेसम्म बेलायमा कोरोनाका कारणा २० हजार ७३२ जनाको ज्यान गइसकेके छ भने संक्रमितकाे संख्या १ लाख ५२ हजार ८४० पुगेकाे छ । बेलायतमा पूर्णरूपमा निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ३१ हजार बढीमा कोरोना सक्रिय रहेको छ ।

त्यस्तै टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख १० हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ हजार ८०५ सय जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये २९ हजार १४० जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ७८ हजार १८५ जनामा काेराेना सक्रिय रहेकाे छ ।

अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ५ हजार ७१० पुगेकाे छ । अहिलेसम्म त्यहाँ साढे ९० हजार ४८१ संक्रमित भएका छन् । संक्रमितमध्ये ६९ हजार ६५७ बढी निकाे भएका छन् ।

चीनमा अहिले ७२३ मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा ४७४ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८३० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021