एकपछी अर्को पार्टी फेर्दै हिड्ने बाबुराम भट्टराईको चर्तिकलाले यतिबेला उदन्डता मच्चाएको छ।आफू सत्तामा हुदा सिन्को नभाच्ने अनि जसले देश र जनताको लागि केही गर्दैछन त्यही सरकार बिरुद्ध विभिन्न विधाका मान्छेहरुसँग साँठगाँठ गर्दै ओली सरकारको विरोध गर्ने यिनी अग्रपंक्तिमा छन।गणतन्त्रको आगमनसँगै चप्पलमा शहर छिरेका बाबुराम भट्टराई लगायत केही उनका शहयात्रीहरु रातारात अरबपती बने । अहिले सत्ता र शक्तिसग केही समय बाहिर रहँदा जननिर्वाचित सरकार बिरुद्द देशी विदेशी गिरोहसग साँठगाँठ गरि हिडिरहेको जगजाहेर नै छ ।
डा. सुरेन्द्र यादव जो पिएसओ बोकेर हिंड्ने हैषियतका पूर्वमन्त्री तथा वर्तमान सांसद महोत्तरीदेखि काठमाडौँसम्म आउँदा आफु अपहरणमा परेको भनेर कतै प्रतिवाद गरेको र गुहार मागेको देखिदैन साथै उनको पिएसओले जसको सुरक्षामा पछिपछि हिंड्ने डिउटी गर्छन । उनले समेत अपहरणको सूचना कतै दिएको देखिदैन ।
काठमाडौँ आएर दिएका सुरुसुरुका अन्तरवार्ताहरुमा उनी स्वयंमे अपहरण नै त भन्न मिल्दैन भनेको हामीहरुले सुनेकै हौं । आज तिनै मान्छेलाई बोकेर बाबुराम भट्टराई, राजेन्द्र महतोहरु अपहरणको मुद्दा दर्ता गर्न जानु सर्वथा बेठिक देखिन्छ । यो सरासर हास्यास्पद दृस्य पनि हो र यो विषय अब कानूनी नभएर यिनिहरुले राजनीतिक विषयमा बदलिएको प्रष्ट हुन्छ ।
आफ्नो स्वत्व नभएका, पानीको लौरो जो हरक्षण पदको लोभको सपना देख्छ, उसलाई हुने यस्तै हो । सुरेन्द्र यादव निकै लोभी रहेछन् र त्यही लोभी मुकुन्डोको खोल ओढेर बाबुराम उपेन्द्र अनि राजेन्द्रले राजनीति गर्ने दाउमा छन ।
तीर्थ भट्टराई
काठमाडौँ






