प्रधानमन्त्री ओली एसियाकै दुरदर्शी नेता घोषणा

काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई एसियाकै दुरदर्शी नेताको रुपमा घोषणा गरिएको छ ।

प्रधानमन्त्री ओलीलाई एसियन एसोसिएशन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (AAMO)ले एसियाकै दुरदर्शी नेता घोषणा गर्दै “AAMO Visionary Leader & National Builder Award-2020” घोषणा गरेको छ ।

प्रधानमन्त्री ओलीले मुलुक र जनताको लागि खेलेको भूमिका अन्य एसियाका नेता भन्दा उत्कृष्ट रहेको उल्लेख गर्दै उक्त अवार्डको समेत घोषणा गरिएको हो । विगतमा पार्टी जीवन तथा सरकारमा खेलेको भूमिकाका कारण नेपाल अविकसितबाट विकासन्मुख देशको रुपमा आफ्नो यात्रा तयार गरेको छ । अघिल्लो पटक प्रधानमन्त्री भएको समयमा संविधान जारी भएसँगै छिमेकी मुलुक भारतले अघोषित रुपमा गरेको नाकाबन्दीको कडा रुपमा प्रतिवाद गरी आफ्नो चट्टानी अडानलाई विजयको यात्रामा डोर्याउनुभएको थियो ।

वतृमान समयमा समेत देशका अल्पकालीन तथा दिर्घकालीन योजनाहरुलाई तिव्र गतिका साथ अघि बढाइरहनुभएका प्रधानमन्त्री ओलीको मुुलुक प्रतिको दुरदर्शितालाई आम नेपाली जनताले मात्र नभई एसियाका अन्य मुलकुले समेत विशेष नजर रोखेको पाइएको छ ।

तत्कालिन नेकपा एमालेहुँदै वर्तमान समयमा दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनाउन सफल हुनुभएका प्रधानमन्त्री ओलीको भिजन र दुरदर्शिताकै कारण नेपालमा प्रतिपक्षी दल समेत आवाज विहिन हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ बैशाख । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई

काठमाडौँ, ३ बैशाख । त्रिकोणात्मक टी-२० सिरिजको ट्रफी सार्वजनिक भएको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल, नेदरल्याण्ड्स र

काठमाडौँ, ३० चैत । प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङल्हामु शेपा स्मृति कप भलिबल प्रतियोगिता आगामी वैशाख

काठमाडौँ, २९ चैत । चौथो दिलिप स्मृति उपत्यकाब्यापी तेक्वान्दो प्रतियोगिताको समापन भएको छ । चैत २७ र २८ गते काठमाडौँको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021