कोरोना भाइरस (कोभिड-१९) पछि कस्तो प्रकारका विद्यालय छान्ने त नानीहरुलाई !!

हाल विश्वनै कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित भैरहेको अवस्थामा नेपालमा पनि यसको ठुलो प्रभाव परेको छ । हाल एक महिनादेखि हामी सबै लक डाउन मा घरभित्र नै बसिरहेका छांै । हाम्रा नानीहरु विद्यालय जान पाएका छैनन् । साथै कहिलेदेखि विद्यालयका कक्षाहरु संचालनमा आउँछन् त्यसको केहि अनुमान गर्न सक्ने अवस्था आजसम्म छैन । यस कोरोना भाइरसले हामीलाई अबको केटाकेटीहरु लाई दिनु पर्ने शिक्षा र त्यसका लागी कस्ता विद्यालय चयन गर्नुपर्छ भन्ने विषयमा अभिभावकहरुलाई १० महत्वपूर्ण सुझावहरु यस प्रकारका छन् ।

१) सकेसम्म सकिन्छ भने घर नजिकैको राम्रो विद्यालयमा आफ्ना नानीहरुलाइ राख्ने त्यो सम्भव नभएमा आफु बसोबास गर्ने नगरपालिका भित्र नै पढाउने व्यवस्था गर्ने ।

२) प्रप्येक कक्षामा कम विद्यार्थी संख्या राखेर पढाउने विद्यालय छान्ने ।

३) सूचना प्रविधि (इमेल र इन्टरनेट०को अधिक्तम प्रयोग गर्ने विद्यालय छान्ने ता की विद्यालय लामो समय सम्म वन्द भएमा पनि नानीहरुलाई सुचना प्रविधिको माध्यमबाट घरमा नै पठ्न पाठनको व्यवस्था गराउन सकियोस ।

४) हाल भैरहेका विश्वभरीका कयौ बहसमा समेत कितावी ज्ञानका साथै व्यवहारिक ज्ञान र सिप सिकाउने विद्यालय छान्नुपर्ने देखिन्छ । विद्यार्थीलाई पढाउने भन्दा पनि आफै खोज्न सिकाउनु पर्ने आजको शिक्षाको आवश्यकता हो ।

५) विद्यालयको पुरानो शैलिको आफ्नै नियम भन्दा पनि अभिभावहरुको चाहना र हालको विश्वव्यापी आवश्यकता लाई महशुस गरेर त्यसलाई नै आफ्नो विद्यालयको नियम बनाएका आधुनिक तरिकाबाट चलेका विद्यालयहरु छान्नु पर्ने देखिन्छ ।

६) विद्यार्थी भर्ना गर्दा प्रचार सामाग्री मात्र हेरेर वा कसैको सल्लाहाले भन्दा पनि आफु स्वयं विद्यालयमा गएर बुझेर मात्र भर्ना गर्नुपर्ने देखिन्छ कतै त्यो विद्यालय तपाईको बच्चालाई अनुकुल नहुन पनि सक्छ किनकी हरेक बच्चामा फरक क्षमता हुन्छ ।

७) स्वास्थ्य नानीहरुको सबैभन्दा ठुलो कुरा हो त्यसैले दिवा खाना र खाजा दिने विद्यालयहरुको फुड मेनु र त्यसको विश्वसनियता हेर्न अत्यन्तै जरुरी छ ।

८) विद्यार्थीको सुरक्षा प्रमुख विषय भएकोले विद्यालयको प्राङ्गण भित्र रहदाको सुरक्षाको अवस्था साथै यातायात सुरक्षाको अवस्था बुझ्न अत्यन्तै जरुरी छ ।

९) विद्यालयमा सरसफाईले ठुलो महत्व राख्दछ किनकी हामी एक दिन बाहिर खाजा, खाना खानु प¥यो भने त राम्रो सफा रेस्टुरेन्टमा जान्छौ भने त्यो त हाम्रा नानीहरु दैनिक जाने र खाने बस्ने ठाऊँ हो ।

१०) अन्तिम तथा महत्वपूर्ण, विद्यार्थी भर्ना गर्नु पुर्व माथिका सबै कुराको जानकारी पश्चात विद्यालय संचालक लाई भेट्न अत्यन्त जरुरी हुन्छ किनभने हाम्रा नानीहरु पढ्ने विद्यालय संचालकहरुका मिसन र भिजन भेटेर कुराकानी गरेर मात्र स्पष्ट रुपमा बुझन् सकिन्छ । यो यसकारण पनि महत्वपूर्ण छ कि हाम्रा नानीहरुलाई गुणस्तरीय शिक्षा सगै उचित संस्कार दिन पनि जरुरी छ, जुन कुरा संचालक स्वयंमा पनि हुन उक्तिकै जरुरी छ किनकी विद्यालय उहाँँँहरुकै नेतृत्वमा हुन्छ ।

# घरमै बसौ # सुरक्षित रहौ ।

— नवराज काफ्ले, केन्द्रीय अध्यक्ष, विदेशमा अध्ययनरत विद्यार्थीहरुको अभिभावक संघ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल

एजेन्सी, २९ असार । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।  थाइल्यान्डका प्रधानमन्त्री

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ