बाबुराम भट्टराई, हिसिला यामी र बिश्वदिपलाई किन कार्वाही नगर्ने ?

आफुले गल्ति गरेको र राजनीतिमा चुकेको छैन, भने डाक्टर सुरेन्द्र यादव रूँदै अन्तरवार्ता दिनु पर्‍यो किन ? अपहरण गरिएको भनिएको दिन हांसी हांसी सञ्चार माध्यममा बोलेका सुरेन्द्र जी । तीन दिन पछि डा बाबुरामको घरको सोफामा बसेर अन्तरवार्ता दिने क्रममा किन ढिलो तथा प्रेसर अनुभव गरेर रुदै बोल्दैछन् ।

गिरिजा, प्रचण्ड र के पी ओली जस्ता नेतालाई स्टुडियोमा बोलाउन सक्ने ऋसी धमला किन बाबुरामको घरको सोफामा अन्तरवार्ता लिइरहेका छन् । डा. सुरेन्द्र प्राइम टी भीको अन्तरवार्तामा किन रोएका होलान रु स्वभाविक अनुमान लगाउन सकिन्छ ।

तीन दिनदेखि विश्वदिपको योजनामा, आङ्गकाजी शेर्पाको टिमले मेरियट होटलबाट अपहरण गरेर डा. बाबुराम भट्टराईको घरमा लगिएको छ । बन्दक बनाएर राखेर दबाबमा अन्तरवार्ता दिन लगाइएको छ । उनको बोली पटक पटक फेर्न लगाइएको छ । उक्त पर्टीको अन्य बिद्रोही सांसदहरूलाइ पनि बाबुराम भट्टराई र उपेन्द्र यादबहरुले घरमा बोलाएर फोन गरेर ठूलो दबाब दिएको छ ।

शेर बहादुर देउवा, प्रचण्ड र माधव नेपाल साथै विदेशी शक्ति केन्द्रसंग भएका सम्पर्क र संबादको हवाला दिदैं । यो सरकार ३ महिना भन्दा टिक्दैन । हामी हाम्रो विरोध गर्नेको भविष्य समाप्त पारिदिन्छौं भन्दै तर्साउने हर्कत गर्दैछन ।

बाबुरामको घरको बन्दकबाट डा. सुरेन्द्र यादवलाई अपहरण मुक्त गराउन सरकारको ध्यान जाओस । अन्य नेता तथा सांसदहरूलाई गुण्डा लगाएर घर र कोठामा गएर धम्की दिएर दिइएको अनावश्यक तनाबलाई रोक्न प्रहरी प्रशासनले सक्रियता देखाउनु पर्दछ । सांसद प्रदिप यादव, नेता राज किशोर यादव, अनिल यादव र मृगेन्द्र सिं यादवहरुका आवाजहरु क्रमशः बाहिर निस्कन थालेका छन् ।

जसरी घरमा हुने हिंसालाई घरेलु हिंसा भनिन्छ । यो फोरम र राजापा भन्ने पार्टीहरुको राजनैतिक घरेलु हिंसा हो । आफ्नै अभिभावकले छोराछोरी बन्दक बनायो या यौन हिंसा गर्छ भने कार्वाही गर्ने कि नगर्ने ? गर्नै पर्छ । उसो हो भने यो अपराधीक कर्ममा लाग्ने सम्बन्धित नेताहरु अनि बावुराम भट्टराई, हिसिला, बिश्वदिप र आङ्गकाजीहरुलाई अपहरण शरीर बन्धक गरे बापत किन कार्बाही नगर्ने ?

किरण पौडेल
तत्कालिन वरिष्ठ उपाध्यक्ष युवा संघ, नेपाल ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएको छ । आज राष्ट्रपति भवन शीतलनिवासमा उनीहरुबीच

काठमाडौँ, ३० असार । गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन् । मिटरब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूलाई भेट्न

काठमाडौँ, ३० असार । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले संसदमा सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै नागरिकको जीवन र रोजीरोटीको संरक्षण राज्यको

काठमाडौँ, ३० असार । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले जनतामा नैराश्य बढेको भन्दै देश सङ्कटमा पुगेको बताएका छन् ।  आज प्रतिनिधि