एजेन्सी, १४ बैशाख । भारतमा कोरोना भाइरस संक्रमणको संख्या पनि २६ हजार २८३ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले ज्नाएको छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा हालसम्म कोरोना संक्रमणका कारण ८२५ जनाको मृत्यु भइसकेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या पनि २६ हजार २८३ पुगेको छ ।
शनिबार कोरोना संक्रमणका कारण ४५ जनाको मृत्यु भएको छ । शनिबार एकै दिन भारतमा १ हजार ८३६ नयाँ संक्रमित फेला परेका छन् । यससँगै ५ हजार ९३९ जना भने पूर्ण रूपमा निको पनि भइसकेका छन् । बाँकी १९ हजार ५१९ जना संक्रमित हाल उपचाररत छन् ।