पठनपाठन केही महिना धकेलिए पनि शैक्षिक सत्र परिवर्तन नहुने

काठमाडौँ, १४ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण यस वर्षको विद्यालय तहको पठनपाठन केही महिना धकेलिने सङ्केत देखिए पनि शैक्षिक सत्रमा परिवर्तन भने नगरिने भएको छ । सङ्क्रमण नियन्त्रणमा आएर विद्यार्थीले कक्षामै पुगेर पढ्न साउन वा भदौ महिना नै लागे पनि शैक्षिक सत्र भने वैशाख नै कायम गरिनेछ ।

आर्थिक वर्ष र नयाँ शैक्षिक सत्रलाई एकसाथ मिलाएर लैजाने विषयमा कुनै छलफल नै नगरिएको सरकारी अधिकारीहरूले स्पष्ट गरेका छन् । नेपालमा साउनबाट नयाँ आर्थिक वर्ष र वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेको छ ।

शैक्षिक सत्र परिवर्तनले शिक्षाका साथै मुलुकको धेरै क्षेत्रमा दूरगामी असर तथा दीर्घकालीन प्रभाव पार्ने भएकाले कोरोना सङ्क्रमणको मात्रै कारण देखाएर शैक्षिक सत्र नसार्ने टुङ्गोमा शिक्षाका अधिकारीहरू पुगेका छन् । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डा. तुलसी थपलिया यस वर्ष असामान्य परिस्थितिका कारण वैशाखबाट विद्यार्थीको पठनपाठन प्रारम्भ गर्न नसकिए पनि तत्काल शैक्षिक सत्रमा फेरबदल नगरिने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ