विश्वभर कोरोनाबाट संख्या मृत्यु हुने २ लाख, निकाे हुने ८ लाख

एजेन्सी, १४ बैशाख । कोरोना संक्रमणबाट विश्वभर अहिलेसम्म मृत्यु हुनेको संख्या २ लाख ३ हजार २५५ पुगेको छ भने  संक्रमण हुनेको संख्या २९ लाख २० हजार ३७८ पुगेको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म कोरोना भाइरसबाट सङ्क्रमितमध्ये ८ लाख ३६ हजार ६७९ जना भने उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ४.१२ गुणा बढी रहेकाे छ । अहिलेसम्म काेराेना संक्रमितमध्ये २८.६४ प्रतिशत निकाे भएकाे छ भने ६.९५ प्रतिशत मृत्यु भएकाे छ ।

पछिल्लाे २४ घण्टमा मात्रै विश्वभर काेराेनाबाट ६ हजार बढीले ज्यान गुमाएका छन् भने झण्डै एक लाख नयाँ काेराेना संक्रमित थपिएका छन् । अहिले १८ लाख ८० हजार ८०४ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५८ हजार २०२ जनाको अवस्था भने गम्भीर रहेको छ ।

अहिलेसम्म अमेरिकामा ५४ हजार २५६ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २ हजार बढीकाे मत्यु भएको छ भने ३५ हजार बढी जना नयाँ संक्रमित भेटिएका छन् ।

संक्रमितकाे संख्या ९ लाख ६० हजार ६५१ पुगेको छ । त्यस्तै अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २६ हजार ३८४ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ९५ हजार ३५१ जना कोरोनाबाट संक्रमित भएका छन् ।

अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख २३ हजार ७५९ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २२ हजार ९०२ ले ज्यान गुमाएका छन् । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ६१ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २२ हजार ६१४ पुगेको छ ।

संक्रिमतमध्ये ४४ हजार ५९४ पूर्णरूपमा निको भइसकेका छन् । अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ५६ हजार ५१३ पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ५ हजार ८७७ पुगेको छ । त्यस्तै अहिलेसम्म बेलायमा कोरोनाका कारणा २० हजार ३१९ जनाको ज्यान गइसकेके छ भने संक्रमितकाे संख्या १ लाख ४८ हजार ३७७ पुगेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ ।

यता टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख साढे ७ हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ हजार ७०६ सय जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये २५ हजार ५८२ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ७९ हजार ४८५ जनामा काेराेना सक्रिय रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ५ हजार ६५० पुगेकाे छ । अहिलेसम्म त्यहाँ साढे ८९ हजार ३२८ संक्रमित भएका छन् । संक्रमितमध्ये ६८ हजार १९३ बढी निकाे भएका छन् ।

चीन भने अहिले ८०१ मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा ३९४ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८२७ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त

काठमाडौँ, ५ बैशाख । गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् । आज राष्ट्रिय सभा सचिवालयले गृहमन्त्री थापालाई राष्ट्रिय सभा सदस्य

काठमाडौँ, ५ बैशाख । नयाँ सत्ता समीकरणमा लगभग सहमतिनजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको

काठमाडौँ, ५ बैशाख । प्रतिनिधिसभा विघटन बदर र नेकपाको अस्तित्व मेटिएसँगै उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021