प्रायः चुनाव जितेर गएपछि नेता भेट्न गाह्रो पर्छ, नेताले भेट्नै चाहादैनन, तर माननीय महेश बस्नेतज्यू, आम नागरिकको घरघरमा गएर दुस्खमा होस या खुसीमा होस, आफ्नै परिवारको सदस्य जस्तै सहभागिता जनाउनुहुन्छ ।
– काठमाडौँ उपत्यका भित्रको सांस्कृतिक, पर्यटकीय, प्राकृतिक स्रोतले ओतप्रोत भएको जिल्ला भएर पनि विकास र निर्माणका हिसावले छायांमा परेको जिल्लामा प्रतिनिधिसभाको सांसद नभएको बेला होस वा भैसकेपछि होस, विकास र निर्माणको क्षेत्रमा नमूना जिल्ला बनाउने अभियानमा जुट्नुभएर धेरैवटा योजना संचालित छन, अहिले भक्तपुरमा,
– सहयोगी भावनाले आफ्नो पार्टीका मात्रै होइन बिपक्षी पार्टीका मतदाताहरुको समेत मन जित्नुभएको छ, भक्तपुरमा,
– भूकम्पको बेलामा होस वा कोभिड १९ को बेला होस वा अरु कुनै विपदको बेला होस, माननीयज्यू पीडितको हातमुख जोडाउन र उपचारमा जुटिरहने एक जुझारु नेता हुनुहुन्छ भक्तपुरमा,
– राजनीतिमा चुनावमा प्रतिष्पर्धा गरौं तर विकास निर्माणमा एक हौं भन्ने उद्वघोषका साथ अघि बढ्नुभएको छ, जनप्रीय नेता माननीय महेश बस्नेतज्यू,
– काम गर्ने मान्छेका अवश्यपनि कमजोरीहरु हुन्छन, वहाँले भन्नुहुन्छ म कमजोरीहरु सुधार्दै पार्टीको निर्देशानुसार अघि बढ्छु, त्यसैले त ठूला विवाद कहिल्यै आएनन भक्तपुरमा,
– हनुमन्ते कैरिडोर निकै महत्त्वकांक्षी योजना लाग्थ्यो, तर आज धेरै काम भएको आफ्नै आंखाले देखेका छौं, हामी भक्तपुरबासीले,
– भक्तपुरका युवाहरुलाई राजनीति गर्ने काम चुनावमा गरौंला, अहिले हनुमन्ते सरसफाइ अभियानमा जुट्नुहोस, सडक सफाइ अभियानमा लाग्नुहोस, विकास निर्माणका काममा खटिनुहोस भनेर आफैं फिल्डमा नेतृत्त्व गर्ने र बिकास निर्माणका काममा अवरोध गर्ने जो कोहीलाई विभिन्न किसिमका क्षेतिपूर्तिको माध्यमबाट खुस बनाएका छन, मन जितेका छन, भक्तपुरबासीको,
– भक्तपुर जिल्लाका आदिवासी, जनजाति, बिपन्न बर्गको साथमा रहेर उनीहरुको उन्नयनमा लागिरहने ब्यक्ति हुन माननीय महेश बस्नेत,
– भाबी नेकपाको उपल्लो तहको नेतृत्त्वमा पुग्ने खुबी, क्षमता भएका माननीय महेश बस्नेतलाई पार्टीका सबै धारले उत्तिकै रुचाउछन र प्रधानमन्त्रीज्यूको सोच र बैचारिक नेतृत्वको नजिक रहेकोले पनि विकास निर्माणमा सहजीकरण छ, भक्तपुरमा ।
त्यसैले राजनीतिक उतारचढावका बेला पार्टीलाई अझ शसक्त बनाउने सोचका साथ राजनीतिक तहको वार्ता र संवादबाट जनकपुरसम्म गएर प्रधानमन्त्रीज्यूको भेटघाटको चांजो मिलाउने सिलसिलामा अपहरण गरेको, गुण्डागर्दी गरेको लगायत अनेकन प्रलोभनमा समाजवादी नेतालाई काठमाडौँ ल्याएको जुन आरोप केही नेताहरुले लगाएर माननीय महेश बस्नेतज्यूको साख गिराउने खेलमा लाग्नुभएको छ, भक्तपुरका नागरिकले एकरत्ति विश्वास गरेका छैनन, गर्ने पनि छैनन ।
त्यसमाथि पनि माननीयज्यूले आफू गएको, जनकपुरमा समाजबादी दलका नेताको आतिथ्यता स्वीकार गरि खाना खाएर आ-आफ्नो गाडीमा काठमाडौँ आएको, ढिला आइपुगेकोले होटलमा अलग अलग रुममा बसेको भनेर स्पष्टीकरण दिइसकेपछि पनि वहाँको राजनीतिक साख गिराउने उद्देश्यले जे जस्ता क्रियाकलापहरु भैरहेका छन, ती सबै रोकेर कोभिड- १९ को यो विषम परिस्थितिमा सबै पक्ष एक ठाउंमा उभिएर दैनिक ज्यालादारी मजदुर, किसान, विद्यार्थी, साना व्यवसायी, पर्यटन व्यावसायी, कृषि र पशुपालन उद्योग व्यवसायीको लागि प्याकेज राहतको लागि लागिपर्न तथा कोभिड- १९ को मुल चुनौती अनलाइन शिक्षा र निशुल्क स्वास्थ्य सेवाको बारेमा बहसमा जुट्न अहिले पनि लागिपरेका हाम्रा माननीय महेश बस्नेतज्यूको साथ दिएर अघि बढ्न भक्तपुरका आम युवाहरु सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं ।
बचन देउजा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
अध्यक्ष, भक्तपुर जिल्ला कमिटी
CP : GN






