भक्तपुरमा ‘सवारी इन-अनिवार्य शुद्धिकरण’

भक्तपुर, १३ वैशाख । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा भक्तपुर जिल्लामा प्रवेश गर्ने मुख्य नाका साँगा र जडिबुटीमा सवारी शुद्धिकरण गर्ने गरिएको छ ।

कोरोनाको संक्रमणलाई न्युनिकरण तथा रोकथामको लागि भक्तपुर जिल्लामा हालसम्म संक्रमणको अवस्था सिर्जना हुन सकेको छैन । यसै क्रममा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा करिव तीन हप्तादेखी निरन्तर रुपमा सवारी साधनको प्रवेशमा गाडी सेनेटाइज गरी मात्र प्रवेश गर्ने गरिएको छ ।

जिल्ला रेडक्रसले विभिन्न फरक फरक उपशाखालाई दैनिक रुपमा जिम्मेवारी प्रदान गरी गाडी शुद्धिकरण गरिरहेको छ । जसमा आज काठमाडौँबाट भक्तपुर प्रवेश गर्ने सवारी साधनलाई जडिबुटी र काभ्रेबाट भक्तपुर प्रवेश गर्नेलाई साँगामा गाडीमा सेनेटाइजर गरी प्रवेश गराउने कार्य गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी नगरकोट शाखाको आयोजनामा आज भएको कार्यक्रममा सयौं गाडी तथा मोटरसाईकल, एम्बुलेन्स, अत्यावश्यक वस्तु वोक्ने सवारी साधनहरुलाई शुद्धिकरण गरिएको छ । शाखाका सभाापति सोम शर्मा बजगाईको संयोजकत्वमा भएको उक्त कार्यक्रममा उपसभापति कल्पदिप खड्का, सचिव श्रीराम लामिछाने, कोषाध्यक्ष हरिशरण वास्तोला, विपद् व्यवस्थापनका संयोजक विजय लामिछानेसहितको टोलीले डिसइन्फेक्सन औषधी छर्किएको हो ।

सोडियम हाईड्रो फ्लोराईट औषधीको प्रयोग गरी गाडीलाई शुद्धिकरण गरिएको शाखाका सभापति बजगाईले जानकारी दिनुभएको छ । जसमा एक लिटर फ्लोराईटको साथमा १५ लिटर पानीको प्रयोग गरीएको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका