विश्वभर काेराेनाबाट मृत्यु हुनेको संख्या २ लाखनजिक

एजेन्सी, १३ बैशाख । विश्वभर कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाखनजिक पुगेकाे छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आज बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार ७४ पुगेको छ । संक्रमण हुनेको संख्या भने २८ लाख २७ हजार ८१६ पुगेको छ ।

२४ घण्टामा मात्रै विश्वभर साढे ६ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ भने एक लाख बढी नयाँ संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४९९ पुगेको थियाे । संक्रमण हुनेको संख्या भने २७ लाख १६ हजार ३८८ थियाे ।

सङ्क्रमितमध्ये ७ लाख ९८ हजार ३६३ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १८ लाख ३२ हजार ३७९ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५८ हजार ५३१ जनाको अवस्था भने गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा ५२ हजार १६८ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९३४ जनाकाे मत्यु भएको छ भने ३७ हजार ७९५ जना नयाँ संक्रमित भेटिएका छन् ।

इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २५ हजार ९६९ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ९२ हजार ९९४ जना कोरोनाबाट संक्रमित भएका छन् ।

शुक्रबार मात्रै इटालीमा साढे ३ हजार नयाँ संक्रमित भेटिएका छन् भने ४२० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६० हजार ४९८ बढी पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ २ हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख १९ हजार ७६४ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २२ हजार ५२४ ले ज्यान गुमाएका छन् ।

शुक्रबार मात्रै बेलायतमा ७६८ जनाको मृत्यु भएको छ भने ५ हजार ३८६ सय नयाँ संक्रमित थपिएका छन् । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख १३ हजार बढीमा कोरोना सक्रिय रहेको छ ।

यता टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख ५ हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ हजार ६ सय जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये २१ हजार ७३७ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ८० हजार ५७५ जनामा काेराेना सक्रिय रहेकाे छ ।

त्यस्तै अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ५ हजार ५७४ पुगेकाे छ । अहिलेसम्म त्यहाँ साढे ८८ हजार १९४ संक्रमित भएका छन् । संक्रमितमध्ये ६६ हजार ५९९ बढी निकाे भएका छन् ।

चीनमा अहिले ९१५ मात्रै कोरोना सक्रिय रहेको छ । ७७ हजा २५७ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८०४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ

काठमाडौँ, ५ बैशाख । बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा मेसीको दुई

काठमाडौँ, ४ बैशाख । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले

काठमाडौँ, ४ बैशाख । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021