काठमाडौँ, ११ वैशाख । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्र सबैभन्दा खतरनाक मोडमा पुगेको विश्व बैंकले विश्लेषण गरेको छ ।
पछिल्लो एक शताब्दीयता आएका विनासकारी महामारीका कारण पुगेको असरको विश्लेषण गर्दै विश्व बैंकले कोरोना महामारीले सबैभन्दा बढी आर्थिक क्षति गर्ने प्रक्षेपण गरेको हो ।
विश्व बैंकका अनुसार कोरोना महामारीले सबैभन्दा बढी प्रभावित मुलुकको कुल गार्हस्थ उत्पादनमा औसत –८.७४ प्रतिशत गिरावट आउने भएको छ । यसले विश्वका २१० भन्दा बढी मुलुकको अर्थतन्त्रलाई एकसाथ प्रभावित बनाएको छ । यसअघिका महामारीको क्षेत्र कम भएकाले त्यसको अर्थतन्त्रमा परेको प्रभावसमेत कम भएको विश्व बैंकले उल्लेख गरेको छ ।





