काठमाडौँ, ११ वैशाख । जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
बुधबार राति राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएपछि आज नयाँ दल दर्ता भएको हो ।
एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ । त्यसैगरी चुनाव चिह्न भने राजपा नेपालले प्रयोग गर्ने छातालाई राख्ने सहमति भएको छ ।
राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरद सिंह भण्डारी र समाजवादी पार्टीबाट डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका हुन ।