नेकपाको स्थापना दिवस : उज्वल भविष्य बोकेका नेता माथि ‘नियोजित हमला’

आज नेकपाको ७१औं स्थापना दिवस रहेछ । संसारमा कम्युनिष्टहरु भन्ने वित्तिकै स्वतन्त्रता विरोधी नियन्त्रीत समाजका हिमायती भनेर बुझिन्छ । अनि अक्सर सवै जसो देशहरुमा कम्युनिष्टहरुले स्वतन्त्रताको सवालमा आफुलाई उदार प्रमाणित गर्न सकेको छैन । तर विभिन्न आरोह अवरोह पार गर्दै आजको मितिसम्म आइपुग्दा नेपालमा कम्युनिष्ट पार्टीको मुलधार स्वतन्त्रता, मानवअधिकार लगायतका प्रश्नहरुमा कोहि लोकतान्त्रिक पार्टी भन्दा कम छैन ।

हत्या हिंशाको बाटो भन्दा शान्तिपूर्ण लोकतान्त्रिक बाटोनै ठिक भन्ने सिद्धान्त अवलम्बन गर्दै सवैधानिक सर्वोच्चता सहितको वहुदलीय प्रजातन्त्रको नीति लिएर अगाडी बढिरहेको नेकपाको सिद्धान्तमा कहीं कतै समस्या छ जस्तो लाग्दैन । बरु स्वतन्त्रता र आन्तरिक लोकतन्त्रको प्रयोग चाहिं कतिपय अवस्थामा गलत ढंगले हुने खतरा चाहिं बढदै गएको देखिन्छ । चाकरी, चाप्लुसी जस्ता नकारात्मक अभ्यासको बढोत्तरी अनि अराजनीतिक र अपराधिक शैलीहरुको अभ्यासको परम्परा पनि यदाकदा देखिन थालेका छन् । जसको उचित समयमै नियन्त्रण हुन जरुरि देखिन्छ ।

जनतामा भिज्ने, काममा डटने, हरवखत ठिक ढंगले ठिक काममा लाग्नेहरु नै नेता हुनेनै जनताको अपेक्षाको नेकपाको यथार्थता हुनु पर्नेमा कतिपय चाहिं जनतासँगको निकटता भन्दा शक्तीकेन्द्रहरुमा देखिने दैनिक उपस्थिति र उठवसलाई मात्रै नेता भएको प्रमाण हुने ढंगले बुझ्ने र सोहि अनुसार व्याख्या विश्लेषण गर्ने काम पनि गर्ने गर्छन । तर त्यस्ता कुपात्रहरुको गलत बुझाइ र प्रचार जे जस्तो भएपनि सत्य के हो भने नेता हुने भनेको प्रक्रिया भनेको जनताको सेवामा रमाउने अनि नेतृत्वको नीति निर्देशनको पालना गर्दै आवश्यकता पर्दा नेतृत्वको रक्षार्थ शतीशाल झैं खडा रहने तर त्यसो गर्दै गर्दा बनेको निकटताको व्यापार नगर्नेनै असली राजनीतिक सँस्कार हो र हुनपर्छ ।

आँशिक रुपमा केहि गलत पात्र र प्रवृति पनि हुर्किरहेको भएपनि नेकपामा अहिले पनि उल्लेखित जस्तै जनतालाइ मुख्य मान्ने सँस्कारनै आम सँस्कारको रुपमानै रहेको छ । आज नेकपाको स्थापना दिवसको अवसरमा जनताले चाहेको नेकपाका उज्वल भविश्यका कर्णधारहरु कस्ता भन्यो भने महेश बस्नेत जस्ता भनेर भन्नु उचित हुन्छ होला ।

हिजो सवै खाले अतिवादका विरुद्ध डटने युथ फोर्सको कमान्डर रहँदा युथ फोर्सको अवधारणा र त्यसको कामबाट अत्तालिएकाहरुले युथ फोर्सको औचित्यलाई कम्जोर पार्नको खातिर महेश बस्नेतलाइ अन्यथा ढंगले प्रचारित गराउने कोशिस त गरे तर महेश बस्नेतनै ति व्यक्ती हुन जसले युथ फोर्सलाइ गुण्डादलको रुपमा हैन सुझबुझपूर्ण र अनुशासित राजनीतिक शक्तीको रुपमा कायम राखे । जव त्यसको आवश्यकता र औचित्य सकियो, त्यस अभियानलार्इ सावधानी पुर्वक अन्त्य पनि गराए ।

आखिर महेशको त इतिहासदेखि वर्तमानसम्म जनतामै भिजेर आएका हुन, सवै भन्दा कान्छो गाविस अध्यक्षदेखि उनको पार्टीले कहिले नजितेको ठाउँमा चुनाव जित्न सफल साँसद हुनेसम्म आइपुग्नुको पछाडी उनको त्यही जनपक्षिय स्वभाव र जनताको सेवा गर्दै आर्जित मायानै मुख्य कुरा हो । चाहे भुकम्प होस, कोरोनाको महामारी होस वा अन्य कुनै संकट महेश जनताको विचमै भेटिएका छन् । त्यति मात्रै हैन उनको गृह जिल्ला प्रेम यस्तो छ कि आफु शक्तीशाली मन्त्री हुँदा पनि उपचार गराउन आफ्नै जिल्लाको अस्पताल रोजेको सुनिन्थ्यो । अनि जव जव नेतृत्व माथि अनावश्यक हमला हुन्छ, त्यसको प्रतिरक्षामा पनि महेश डटछन । अनि जव त्यो सकिन्छ फेरी महेश आफ्नै गाउँ ठाउँको काममा जुटछन ।

तर आज नेकपामा हुर्कंदै गएको गलत पात्र र प्रवृतिले भने आवश्यकताले सृजना हुने नेतृत्वसंगको निकटतालार्इ पनि गलत ढंगले व्याख्या गर्ने अनि अनावश्यक रुपमा नेतृत्वको वरिपरी घुम्नु भन्दा जनताको घरदैलोमा रमाउने कामलार्इ पनि गलत रुपमै व्याख्या गर्छ । त्यसको सिकार यदाकदा महेश बस्नेत पनि बन्ने गरेका छन ।

यद्धपि यहाँ सबैले बुझ्नु पर्ने कुरा के भने महेश बस्नेत एक व्यक्ती मात्रै हैनन् एक पात्र हुन, एउटा असल सँस्कारका उधाहरण हुन जो जनताले चाहेको नेकपामा हुनुपर्ने गुणले भरिपूर्ण छन् । आशा गरौँ नेकपामा गलत पात्र र प्रवृति निस्तेज हुँदै जाओस अनि यस्तै सकारात्मक पात्र र प्रवृतिहरु चाहिं नेकपाको सदैव मुलधार रहन सकुन जसको निम्ती आफ्नो निजि चुरीफुरी हैन जनताको सुख, शान्ती प्रमुख चासोको विषय हुन ।

राधाकृष्ण देउजा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल

एजेन्सी, २९ असार । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।  थाइल्यान्डका प्रधानमन्त्री

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ