काठमाडौँ, ९ वैशाख । सरकारको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा महालक्ष्मी विकास बैंकले ५० लाख रुपैया उपलब्ध गराउने भएको छ ।
बैंक केन्द्रीय व्यवस्थापनले प्रति प्रदेश ४ लाख रुपैयाँ, केन्द्रीय कोषलाई १२ लाख रुपैयाँ र स्थानीय निकायले पाउने गरी १० लाख रुपैयाको दरले रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
बैंकले गरेको निर्णय अनुसार बागमती प्रदेश सरकारलाई सोमबार नै ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । बैंकका अनुसार प्रदेश राजधानी भएको स्थानका बैंक शाखाबाट प्रदेशलाई र बाँकी रकम केन्द्रीय स्तरबाट उपलब्ध गराइनेछ ।





