टेलिकमको जिरो ब्यालेन्स प्याकेजमार्फत निःशुल्क सेवा

काठमाडौँ, ९ वैशाख । नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्तालेनिःशुल्क सेवा लिन सक्ने भएका छन् ।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर उक्त सेवा लिन सक्ने भएको हो ।

ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि सात दिनको हुनेछ । यस प्याकेज आगामी दुई दिनसम्म उपलब्ध गराइने बताइएको छ । सो प्याकेजको प्राप्त गर्ने ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाइने, उक्त एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत पठाएर प्याकेज लिन सकिने, सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाइ जानकारी गराइने छ । उक्त प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई उपलब्ध हुने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज