लकडाउनमा अनलाईनमार्फत विद्यार्थी पढाउँदै काव्य स्कुल, एसईईको पनि तयारी

काठमाडौँ, ५ बैशाख । यतिखेर काव्य स्कुल नयाँबानेश्वरका सबै कक्षाका ३५ शिक्षकहरु आआफ्नो घरमा ल्यापटप र मोवाईल अगाडी राखेर आफ्ना विद्यार्थीलाई कसरी पढाउने भनेर अनलाइनमैै तालीम लिईराखेका छन् ।

उनीहरुलाई विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, संस्थापक एवम् आईटि विभाग प्रमुख तथा आइटि विज्ञ सुनिलकुमार घर्ती र इनग्रेल्स कम्पनिका आईटि कन्सल्टेन्ट किरण तिमल्सिना र सुजित पाठकबाट अनलाईन कक्षाबारे आ—आफ्नो सुझाव दिँदै शिक्षकहरुलाई अर्काेतिरबाट सिकाउँदै छन् ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस—कोविड १९ को कारण गत चैत ११ गतेदेखि बैशाख १५ सम्म मुलुक लकडाउन गरिएको अवस्थामा काव्य स्कुलले भने गत चैतको १८ गतेदेखि गुगल क्लासरुम अन्तर्गत विद्यालयको आइटि विभागमा सफ्टवेयर प्रयोगमा ल्याई विद्यालयका सबै शिक्षकहरुलाई आवश्यक अनलाईन प्राविधिक शिक्षण पद्धति तालीम दिएको हो ।

काव्य स्कुलले हरेक वर्षको बैशाख ७ गतेदेखि नयाँ शैक्षिक सत्रको नियमित कक्षा सञ्चालन गर्दै आएकोमा यो वर्षको बैशाख ७ गते भने लकडाउनकै अवस्थामा रहेकोले विद्यार्थीलाई अनलाईन मार्फत नियमित कक्षा सञ्चालन गर्ने तयारी पनि गरिसकेको विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा बताउँछन ।

प्रिन्सिपल बास्कोटाका अनुसार विद्यालयले अनलाईनमार्फत नै २०७६ सालको माद्यमिक शिक्षा परिक्षा ‘एसईई’ को तयारीमा रहेका आफ्ना विद्यार्थीलाई सबै विषयको पुनर्ताजगी कक्षा सञ्चालन गर्दै आएको छ ।

विद्यालयको नामको एप्लिकेशन ‘काव्य एप’ मेवाइलमा डाउनलोड गरेपछि हरेक विद्यार्थीलाई सम्वन्धित शिक्षकले आफ्नै घरबाट आफ्नो विषय पढाउन सक्नेछन भने विद्यार्थीले अनलाईनमार्फत नै शिक्षकसंग प्रश्नोत्तर गर्न सक्छन् ।

विद्यालयले शिक्षक र विद्यार्थीमात्रै होइन्, अनलाईन प्रविधिमार्फत कक्षा सञ्चालन गर्नको लागि अभिभावकहरुलाई समेत यसबारे अनलाइनमार्फत नै आवश्यक तालीम सञ्चालन गरेको छ ।

आफ्ना छोराछोरीले अनलाइन मार्फत कसरी पढ्दैछन, उनीहरुलाई अभिभावकहरुले के कस्तो सहयोग गर्नुपर्छ भनेर विद्यालयले सिकाईरहेको विद्यालयका आइटि विभाग प्रमुख सुनिलकुमार घर्तीले बताए ।

लकडाउन खुलेपनि तत्कालैदेखि कलेज र विद्यालय खुल्ने संभावना कम भएकोले यस अवधिमा विद्यार्थीहरुलाई अनलाईनबाटै कक्षा सञ्चालन गर्दा उनीहरुको नयाँ शैक्षिकसत्रको पढाईमा असर नपर्ने आइटि विभाग प्रमुख घर्ती दावी गर्छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका परेका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद्

काठमाडौँ, १५ भदौ । बाँकेमा ईभी गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित सडकमा चिसापानीबाट

काठमाडौँ, १५ भदौ । ललितपुर महानगरपालिका-३ स्थित फाल्चा पाटीमा नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा

काठमाडौँ, १५ भदौ । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ ।