काठमाडौँ, ५ वैशाख । विभिन्न ब्राण्डका खानेतेलको मूल्य लिटरमा १० देखि २० रुपैयाँसम्म बढेको खुद्रा विक्रेताहरूले बताएका छन् ।
फ्याक्ट्रीबाटै मूल्य बढेर आएको उनीहरूको भनाइ छ भने उद्योगहरूले चाहिँ ढुवानी खर्चमा भएको वृद्धिलाई कारण देखाएका छन् ।
सनफ्लावर रेगुलरको एक कार्टुनको मूल्य चैत १० गतेसम्म १४ सय ५० रुपैयाँ थियो । एक लिटरको तेललाई खुद्रा व्यापारीले प्रतिलिटर एक सय ४५ रुपैयाँमा होलसेलबाट किनेर एक सय ५० रुपैयाँमा ग्राहकलाई बिक्री गर्थे । तर, अहिले उक्त तेलको मूल्य एक लिटरमा १० देखि १५ रुपैयाँ बढेर आएको खुद्रा व्यापारी ध्रुव अधिकारीले बताए ।
उनका अनुसार चैत्र १० सम्म एक सय ५० रुपैयाँमा बिक्री गरेको तेलको मूल्य अहिले एक सय ७० रुपैयाँ पर्छ ।






