एसईई लकडाउन खुलेलगत्तै हुने, सामाजिक दूरी कायम गर्दै परीक्षा

काठमाडौँ, ४ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरीका लागि केन्द्र बढाएर लिने विषयमा गृहकार्य थालेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण अवरुद्ध परीक्षालाई थप व्यवस्थित गर्न र घरबाटै परीक्षा केन्द्रमा आउने–जाने व्यवस्था गर्न केन्द्र थप गर्ने गृहकार्य थालेको हो ।

त्यसका लागि परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विकास एकाइ र आफ्नो प्रदेश परीक्षा कार्यालयमार्फत अध्ययन शुरू गरेको छ । गएको चैत ६ गतेदेखि एसईई, वैशाख ८ देखि १२ र २१ गतेदेखि कक्षा ११ को परीक्षाको मिति तय गरेको थियो । सरकारले चैत ५ गते एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले लकडाउनलगत्तै परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै त्यसअघि नै केही केन्द्र थप गर्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिनुभयो । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु

झापा, ११ कार्तिक । प्रहरीले झापाबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट लागुऔषध खैरो हेरोइन लिएर आउँदै

काठमाडौँ, ११ कार्तिक । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ

काठमाडौँ, ११ कार्तिक । सुर्खेतमा चिरपट (दाउरा)ले हान्दा चोट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका