बहस : कोरोना र अर्थतन्त्र

खुल्ला बजार अर्थतन्त्रमा कुनै पनि देशको नियम कानुन र सम्बिधान मात्र हैन संयुक्त राष्ट्र संघको बडापत्र भन्दा पनि ल अफ डिमाण्ड र ल अफ सप्लाई बढि शक्तिशाली हुन्छ । त्यसैले कुनै पनि बस्तु वा सेवाको मूल्य घरमा बसेर तोक्न सकिदैन । बजारले माग र आपूर्तिका आधारमा तोक्ने हो । साथै २०० को घडि र २ लाखको घडिले एउटै समय दिन्छ । पॉंच हज़ार र पचास हजारको सामान छुट्याउन कठिन हुन्छ । त्यसैले मूल्य उपयोगिताले मात्र पनि तोक्दैन । त्यसको गुणस्तर र ब्राण्ड हेरेर मूल्य निर्धारण गरिएको हुन्छ ।

मरूभुमीमा एउटा मानिस असाध्यै तिर्खाएको छ । एक गिलास पानी भए ऊ बॉंच्न सक्छ । उ संग हातमा हिराको औंठी छ । हिरा खायो भने त उल्टै तुरून्तै मृत्यु हुन्छ । तर पनि उसले त्यो हिराको औठी बेच्यो भने हजारौ ट्यांकर पानी आउछ । हाम्रा पूर्खाहरूले मौकामा हिरा फोर्नु बेमौकामा कौडि नछोड्नु भनेको पनि त्यसैले होला । अहिले हामीलाई औठी बेचेर भए पनि पानी चाहिएको छ । तिर्खाएको बेला पानीको मोलमोलाई गरेर समय खेर फाल्नु हुंदैन ।

अहिले सारा विश्व कोभिड-१९ विरूद्धको लडाईमा छ । यो महामारीसँग लड्न हामीलाई अहिले हतियार र पैसा हैन औषधि र स्वास्थ उपकरण चाहिएको छ । अर्को कुरा सबै देशले अत्यावश्यक औषधि र स्वास्थ सामाग्री प्रतिबन्धित गरेको अबस्था छ । सामाजिक सञ्जालमा इटालीमा बाटामा पैसा फालिरहेको देखिन्छ । हामी पैसा पैसा मात्र भनेर जिऊधनको बेवास्ता गर्नु हुँदैन । हाम्रा पुर्वजले हुलमालमा जिउ जोगाउनु अनिकालमा विउ जोगाउनु भनेको पनि यस्तै बेलामा काम गर्ने उपदेश रहेछ ।

साथै संकटकालीन अवस्थामा बजारका सामान्य नियम कानुनले काम गर्दैनन् । कहिले काहीँ कालो बजारी नियन्त्रण गर्ने सरकार स्वयं कालो बजारीको शिकार बन्न सक्दछ । अपहरणकारीलाई पक्राउ गर्ने प्रहरी स्वयं फिरौती लिएर पहिला ज्यान बचाउन जानु पर्दछ । पहिला जसरी पनि मानिसको उद्धार गर्नु पर्ने हुन्छ । यस्तो अबस्थामा मूल्य बृद्धि र कालो बजारी जस्ता समस्या आउन सक्दछन् । यदि संकटको समयमा कसैले कालो बजारी गरेको पाइएमा त्यसलाई क़ानूनी दायरामा ल्याई हदै सम्मको कारबाही गर्नु पर्दछ । तर त्यसकै निहु पारेर सबै व्यावसायिक घराना र समुदायलाई नै कारबाही र गाली बेईजत्ती गरियो भने भोलि संकटका बेला देश भित्रैबाट सोचेजस्तो लगानी आउँदैन । अहिलेको परिस्थितीमा पैसा हुने मानिसलाई संसारका सबै देशले लगानीकालागि रातो कार्पेट बिछ्याउने छन् । देश भित्र लगानीकालागि सुरक्षा र व्यक्ति सम्मान भएन भने ठूलो रकम विदेश पलायन हुने खतरा हुन्छ । अब सरकारको मात्र हैन हामी सर्बसाधारणको पनि ध्यान यस तर्फ केन्द्रित हुनु जरूरी छ ।

हालै चलिरहेको कोरोनाको विश्वब्यापी प्रकोप तथा माहामारीले विश्व अर्थतन्त्रमा नै ठूलो गिरावट आउने छ । यो विश्वव्यापी मन्दीले विश्वमा करोडौं र नेपालमा दशौं लाखले रोजगारी गुमाउने सम्भावना छ । मानिसको जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा फरक आउने छ । मानिस लोभी प्राणी हो भन्ने अर्थशास्त्रिय सिद्धान्तलाई पनि चुनौति दिनेछ । पुगिसरी आउने मानिस कम जोखिम मोल्ने तर्फ बिचार गर्नेछ । जस्ले लगानी र व्यावसायमाको आकार खुम्चिने छ । केही हदसम्म दलाल पूँजीवाद अगाडि बढ़ेता पनि राष्टि«य पूजी निर्माणमा भने ठूलो धक्का लाग्ने सम्भावना छ । त्यसैले अहिले हामीले काम नगरी बसि बसि खान पुग्ने लाई लगानी गर्न लगाई काम नगरी खान नपुग्नेलाई रोजगारीको सृजना गर्नुछ । एकातिर मूल्य नियन्त्रण गर्नुछ भने उद्धमी तथा ब्यापारीहरूलाई उनीहरूको लगानीको न्यायोचित प्रतिफल र सुरक्षाको प्रत्याभूति गराउनु जरूरी छ । यो समस्यालाई जोशका साथै होसका साथ समाधान गर्नु जरूरी छ ।

अन्त्यमा, यो माहामारीको अन्त्य पछि हुनसक्ने बैंक र रिणी बीचको द्वन्द, घरपट्टी र भाडावाल बीचको द्वन्द, उद्योग र मज़दूर बीचको द्वन्द, उपभोक्ता र व्यापारी बीचको द्वन्द, अन्तरपार्टी द्वन्द र सरकार र प्रतिपक्ष बीचको द्वन्द लाई व्यबस्थापन गर्न अहिले देखि नै पारस्पारिक सद्भाव, सकारात्मक सोच र वैकल्पिक योजना तथा कार्यक्रमहरूको विकासमा विषेश जोड दिनु जरूरी छ । समस्याको सही सम्बोधन गरी सबै मिलेर जान सके यो समस्या आत्म निर्भर अर्थतन्त्रको निर्माण र राष्ट्र निर्माणको ऐतिहासिक अवसर हुन पनि सक्दछ । नत्र यो समस्याले देशलाई पुन द्वन्द र अस्तिरता तर्फ धकेल्ने खतरा छ । यस तर्फ सबै पक्ष जिम्बेवार र उत्तरदायी बन्नु जरूरी छ ।

तेजबहादुर ढकाल

काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएको छ । आज राष्ट्रपति भवन शीतलनिवासमा उनीहरुबीच

काठमाडौँ, ३० असार । गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन् । मिटरब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूलाई भेट्न

काठमाडौँ, ३० असार । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले संसदमा सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै नागरिकको जीवन र रोजीरोटीको संरक्षण राज्यको

काठमाडौँ, ३० असार । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले जनतामा नैराश्य बढेको भन्दै देश सङ्कटमा पुगेको बताएका छन् ।  आज प्रतिनिधि