एन आई सी एशिया बैंकको भित्ते तथा टेबल पात्रो सार्वजनिक

काठमाडौँ, १ बैशाख । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०७७ सालको विविध सूचनाहरु उल्लेखित भित्ते तथा टेबुल पात्रो सार्वजनिक गरेको छ ।

विश्वव्यापी कोरोना भाइरस महामारीविरुद्ध सबै लागिरहेका बेला विशेष सुरक्षा अपनाई बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले उक्त पात्रो सार्वजनिक गर्नुभयो ।

भित्ते तथा टेबुल पात्रोको ढाँचामा प्रकाशित उक्त पात्रोमा नेपाल सरकारले उपलब्ध गराएको विदा, चाडवाड, दिवस, पञ्चांग तिथि लगायतका विवरण उल्लेख गरिएको छ । बैंकले नेपालका विभिन्न हिमाल, मठमन्दिर, ताल लगायतका रमणीय स्थलहरूलाई यस वर्षको पात्रोमा सजाएको छ । साथै, यस पात्रोलाई डिजिटल प्रणालीमा समेत प्रकाशित गरी कम्प्युटर तथा मोबाइलबाट सहजै प्रयोग गर्न मिल्ने बनाइएको छ । सम्पूर्ण ग्राहक महानुभावहरूमा नयाँ वर्ष २०७७ ले नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ बैैकले यो पात्रो सार्वजनिक गरेको हो ।

डिजिटल पात्रो ग्राहक महानुभावहरूले यस लिंक https://www.nicasiabank.com/online-services-footer/nicasia-calendar मार्फत सजिलै आफ्नो मोबाईल तथा कम्प्युटरमा डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज