पठनपाठन अगाडि बढाउन विज्ञद्वारा अनुसन्धान शुरू

काठमाडौँ, १ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यून गर्दै विश्वविद्यालय तथा विद्यालय तहको पठनपाठन कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञले अनुसन्धान सुरु गरेका छन् ।

सङ्क्रमणको अवस्थाकै बीचमा पनि अध्ययन अध्यापन कार्य कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञका बीच अध्ययन गर्न छलफल सुरु भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माको संयोजकत्वमा हालै गठन गरेको शिक्षण विधि तथा विकल्प उपसमितिले यसबारेमा अध्ययन अघि बढाएको हो ।

कोरोनाको सङ्क्रमणका बारेमा हाल कुनै अनुमान नै गर्न नसकिने र यसको प्रभाव लामो समयसम्म पर्ने अवस्थामा विद्यार्थीको पठनपाठन कसरी अगाडि बढाउने तथा त्यसको सम्भाव्यता कस्तो हुन्छ भन्ने विषयमा उपसमितिले अध्ययन गर्न थालेको छ ।

सो उपसमितिलाई कोभिड–शैक्षिक क्यालेन्डर, अनलाइन कक्षा सञ्चालन, प्रयोगात्मक अभ्यास, पाठ्यक्रम, तालिम, परीक्षा सञ्चालन र निरीक्षण लगायतका योजना बनाउने र मन्त्रालयलाई सुझाव दिने जिम्मेवारी दिइएको छ । उपसमितिका संयोजक तथा खुला विश्वविद्यालयका उपकुलपति शर्माले सङ्कटको यस घडीको व्यवस्थापन गर्दै समग्र शैक्षिक क्यालेन्डरकै बारेमा अध्ययन गरिने जानकारी दिए ।

सरकारबाट जारी गरिएको बन्दाबन्दी (लकडाउन) तथा सामाजिक दूरी कायम गर्ने विषय कति समयसम्म रहन्छ भन्ने आधारमा शैक्षिक क्यालेन्डर बनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने