कोरोनाविरुद्ध लड्न नेपाललाई विश्व बैंकको ३ अर्ब ५३ करोड रुपैयाँ सहयोग

काठमाडौँ, २५ चैत । कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले नेपाललाई फास्ट्रयाक विधिमार्फत २९ मिलियन डलर अर्थात झण्डै ३ अर्ब ५३ करोड रुपैयाँ सहयोग गरेको छ ।

सहयोग सम्झौतामा आज अर्थसचिव शिशिर कुमार ढुंगाना र विश्व बैंकका देशीय निर्देशक फेरिस हडाड जार्भोले हस्ताक्षर गर्नुभयो ।

कोरोनाबाट बच्न पूर्वतयारी र सार्वजनिक स्वास्थ्य प्रणाली बलियो बनाउन विश्व बैंकले यो रकम नेपाललाई दिएको हो । यो रकम विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार व्यक्तिमा कोरोनाको परीक्षण बढाउन, सङ्क्रमितसँग सम्पर्कमा रहेकाको खोजी अर्थात कन्ट्याक्ट ट्रेसिङ, आईसीयू कक्षको विस्तार र देशैभर आइसोलेसन कक्षको विस्तारमा खर्च हुनेछ ।

यस्तै स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पीपीई खरिद र ल्याब विस्तारमा पनि रकम खर्च हुनेछ । विश्व बैंकले विकासशील देशहरुको लागि कोरोनाविरुद्ध लड्न १४ बिलियन अमेरिकी डलको फाष्ट्रयाक सहयोग प्याकेज घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज