डाक्टरले नै गरे आत्माहत्या

एजेन्सी, २५ चैत । कोरोनाभाइरसको डरका कारण फ्रान्सको एक फुटबल क्लब रिम्सका डाक्टर बर्नाड गोन्जालेजले आत्माहत्या गरेका छन् ।

६० वर्षीय गोन्जालेजले सुसाइड नोटमा कोरोनाका कारण आत्माहत्या गरेको उल्लेख गरेका छन्। उनका निकटस्थका अनुसार उनी कारोनाबाट संक्रमित भएसँगै डिप्रेसनमा पुगेका थिए । फुटब क्लबले एक विज्ञप्ति जारी गर्दै उनको निधनले क्लबलाई मात्रै नभई सिंगो रिम्स शहरलाई नै स्तब्ध बनाएको उल्लेख गरेको छ ।

बर्नान्ड २० वर्षदेखि क्लबसँग जोडिएका थिए। २०४ देशमा कोरोना भाइरसको मामिला सर्वाजानिक भएको छ । सोमबार विहानसम्म करिब ६९ हजार ५ सय व्यक्तिको निधन भइसकेको छ १२ लाख ७३ हजार बढी संक्रमित भइसकेका छन् । पछिल्लो समय युरोपमा मानिस कोरानाका कारण मानसिक रुमपा कमजोर हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको