मानविय आस्था नेपालद्वारा २९५ परिवारलाई राहत वितरण

भक्तपुर, २२ चैत । सहज परिस्थितीमा मात्र नभई विपद् र संकटको घडिमा समेत विपन्न परिवारको सारथीको रुपमा रहन सफल भएको मानविय आस्था नेपालले दुई सय ९५ विपन्न घर परिवारलाई राहत वितरण गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको संरक्षकत्व तथा श्रीकुमार रञ्जितको अध्यक्षतामा संचालनमा रहेको उक्त संस्थाले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण मुलुकभर नै लक डाउन भइरहेको अवस्थामा दैनिक ज्याला मजदुरी गरी आफ्नो दैनिक जीविको पार्जन गर्ने विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

मानविय आस्था नेपालको आयोजना तथा मध्यपुर थिमी नगरपालिकासँगको सहकार्यमा भएको उक्त राहत वितरण कार्यक्रममा आर्ट अफ लिभिडद्वारा २०० परिवार तथा वाग्मती टिपर व्यवसायी संघद्वारा ९५ परिवारलाई राहत सहयोग गरिएको थियो । आज वितरण गरिएको राहतमा मध्यपुर नगरपालिका अन्तरगत वडा नं. २ मा ६५, ३ मा ७५, ५ मा ५५, ८ मा ५० र ९ मा ५० गरी जम्मा दुई सय ९५ विपन्न घर परिवारलाई राहत वितरण गरेको छ ।

नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, नेकपा जिल्ला अध्यक्ष बचन देउजा, सम्बन्धीत वडाका वडाध्यक्ष, जनप्रतिनिधि, वेभ ग्रुप, समाजसेवी दिनेश थापालगायतका व्यक्तित्वहरुको उपस्थितमा उक्त राहत वितरण गरिएको छ । त्यस्तै मानविय आस्था नेपालको सहयोग तथा मानव कल्याणको सहकार्यमा कोरोनाका कारण सरकारले लकडाउन गरेको समयभर सडक मानव तथा असाहायलाई जहाा छन् त्यहाँ नै पुगी दैनिक एक छाक खाना खावाउने कार्य समेत गरिरहेको छ ।

भिडभाडका कारण कोरोना भाइरस सर्ने अत्याधीक सम्भावना रहेका कारण सरकारले भिडभाडलाई नियन्त्रण गर्न लकडाउनको घोषणा गरेसँगै सरकारको घोषणालाई विशेष ध्यानमा राखी भिडभाडमुक्त रुपमा राहत वितरण गरिएको छ । वितरण गरेको राहतमा चामल, दाल, चिउरा, तेल, नुन, चाउचाउ, तरकारीलगायत रहेका छन् ।

२०७२ सालमा गएको महाभुकम्पको समयमा समेत विशेष सहयोग गरि भक्तपुरको आम जनताको बिचमा सारथीको रुपमा सामाजिक काम गरिरहेको छ । भुकम्पको समयमा करिव तीन हजार जस्ताको टहरा निर्माण तथा ३५ सय जनालाई जस्तापाता वितरण गरेको थियो । उक्त संस्थाले गरिव, असहाय तथा विपन्न परिवारलगायतका करिव दुई सय ५० जना वालवालिका निशुल्क शिक्षा समेत प्रदान गरिरहेको छ । त्यस्तै महिला जीविकोपार्जन अन्तरगत कृषि, वाख्रापालन, सिलाई वनाईलगायतका क्षेत्रहरुमा विशेष सहयोग गरिरहेको छ भने भक्तपुरको पहिचानको रुपमा रहेको काष्ठकलामा समेत विशेष सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड