मानवजातिको रक्षा गरौं, इतिहासले जिम्मेवारी तपाईं हाम्रो काँधमा सुम्पेको छ : संयोजक महर

काठमाडौँ, २२ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को विरुद्धमा लड्न सवैलाई अपिल गर्नुभएको छ ।

उहाँले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले लिएको नीतिलाई सहयोग गर्दै आम नेपालीहरु एक जुट भई अघि बढ्न अपिल गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘आज मानव समाजमा मानवियता र मानवतावादको अवसानले सिङ्गो मानवजाती नै संकटमा पर्दैछ । त्यसैले आउनुहोस कोरोना भाइरसको बिरुद्धमा सरकारलाई सहयोग गर्दै एकजुट भएर लडौं र संकटमा पर्न लागेको मानवजातिको रक्षा गरौं । इतिहासले यो जिम्मेवारी तपाईं हाम्रो काँधमा सुम्पेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका