सरकारविरुद्ध नियोजित षड्यन्त्र गर्ने पत्रिका तथा अनलाईनको अवसान हुन्छ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ, २२ चैत । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले वर्तमान सरकारका विरुद्धमा नियोजित षड्यन्त्र गर्ने पत्रिका तथा अनलाईनको अवसान हुने चेतावनी दिनुभएको छ ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उहाँले सरकारको गल्ती तथा कमजोरी भए सुधार गर्न सकिने औंल्याउँदै विना गल्ती समेत योजनाबद्ध रुपमा सरकारलाई प्रहार गर्ने श्रृङ्खलावद्ध आक्रमण गरिरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘दासढुंगा हत्याकाण्डको केही समय पछि तत्कालिन समयमा प्रकाशित हुने जनधारणणा साप्ताहिकमा उक्त हत्याकाण्डको रहस्य उजागरगर्ने नाममा काल्पनिक कथा रचेर तत्कालिक एमाले नेतृत्वलाई वदनामगर्ने नियोजित षडयन्त्र रचिएको थियो । पछि त्यस नियोजित षडयन्त्रको पटाक्षेप भयो र पत्रिकाको पनि अवसान भयो । यतिवेला कतिपय पत्रिका र अनलाईनहरुका नियोजित समाचारहरुको श्रृंखलाहेर्दा सरकार विरुद्ध त्यही फर्मुलाको प्रयोग हुदैछ जस्तो देखिन्छ । कुनै पनि कामका सन्दर्भमा जोडिएर उठेका प्रश्न र आशंकाको जवाफ जिम्मेवार व्यक्तिहरुले दिनुनै पर्दछ । तर षडयन्त्रपूर्ण र नियोजित समाचारहरुवाट समाजनै भ्रमितहुने अवस्था सिर्जना भयो भने त्यो राष्ट्रका लागि ठुलो दुर्भाग्य हुन्छ । आशंक र भ्रम निवारण गरौ, कमजोरी छन् भने सुधार गरौ । तर नियोजित र षडयन्त्रपूर्ण ढंगले सिर्जित कथामा आधारित कुप्रचारवाट आफु पनि जोगियौ र समाजलाई पनि त्यसको कुप्रभाववाट जोगाउ । अन्यथा यस प्रकारको नियोजित कूप्रचारको प्रभावले कोरोनाका विरुद्धको हाम्रो संघर्ष समेत प्रभावित हुने खतरा देखिदैछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्