सरकारमा बसेर गल्ती गर्नेलाई पार्टीले माया गर्दैन : बरिष्ठ नेता खनाल

काठमाडौँ, २२ चैत । कोरोना भाइरस (कोभिड–१९) पहिचान, रोकथाम र उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिद विषयलाई लिएर सत्तारुढ नेकपाभित्र तीव्र असन्तुष्टि उत्पन्न भएको छ । पार्टीका नेताहरुले मन्त्रालय तहबाट स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततता प्रकरणपछि यो जिम्मेवारी सेनालाई दिइएको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् ।

नेकपा सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै चारैतिर बहस हुन थालेको र त्यसले पार्टीभित्रसमेत असन्तुष्टि सिर्जना गरेकाले चाँडै सचिवालय बैठक बोलाउनुपर्ने बताएका छन् ।

‘केही–केही विषयमा छलफल गर्नुपर्ने भएकाले सचिवालय बैठक माग गरेका छौं’, खनालले भने । उनका अनुसार कोभिड–१९ बाट मुलुकमा उत्पन्न विषम परिस्थितिमा पार्टीभित्र गम्भीरतापूर्वक छलफल गर्नुपर्ने भएकाले सचिवालय बैठक माग गरिएको हो। स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएको भन्दै त्यसमा सरकार र पार्टी दुवैलाई जोडेर प्रचारबाजी भएकाले पनि बैठक तुरुन्तै बस्नुपर्ने आवश्यकता महसुस गरिएको उनले बताए ।

‘खरिद सम्बन्धमा हामीले त्थ्य हेर्न पाएका छैनाैं । पहिला तथ्य हेर्नुपर्यो अनि सत्य पत्ता लगाउने हो। कमजोरी र बदमासी भएको रहेछ भने पार्टीले सम्बन्धित व्यक्तिलाई कारबाही गर्नेछ’, खनालले भने । सरकारमा बसेर गल्ती गर्नेलाई पार्टीले माया नगर्ने उनले बताए। यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

सिन्धुपाल्चोक, ७ वैशाख । दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीको धारावतीमा दुर्घटना

काठमाडौँ, ७ वैशाख । नेपाली सेनाले ठुलो सङ्ख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले