प्राविधिकलाई पल शाहको ५ लाख सहयोग

काठमाडौँ, २१ चैत । नायक पल शाहले दुःखमा परेका प्राविधिकलाई सहयोग गर्ने भएका छन् । पलले सामाजिक संजालमा एक स्टाटस लेख्दै आर्थिक स्थिती कमजोर भएका प्रविधिक तथा सहयोगीहरुको लागि सहयोग गर्न लागेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन, बिश्वव्यापी महामारीका रूपमा फैलिरहेकाे काेराेना भाईरस(Covid-19)काे प्रभावले अाम मानिसकाे जनजिवन प्रभावित भइरहेको छ। नेपाली चलचित्र क्षेत्र पनि यसको मारमा परेको सर्वविधित नै छ र यस्को पिडा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ। विपन्न तथा अार्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूकाे जनजिवनलाई सहज बनाउनकाे लागि मैले अार्थिक सहयाेग गर्ने घाेषणा गर्दछु ।

मेराे याे सहयाेग वितरण कार्यमा चलचित्र प्रविधिक संघ नेपाल (NEFTA) ले सहजिकरण गर्ने अाशा गरेको छु। मैले व्यक्तिगत तर्फबाट पहिलाे चरणमा नगद रू ५,००,००० ( पाँच लाख ) रूपैया सहयोग गर्ने घाेषणा गर्दछु। अार्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईहरू सबैकाे साथमा म सधै हुनेछु ।
धन्यबाद 🙏

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक दोहरी गायक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक भएको छ । आइडी

काठमाडौँ, १३ वैशाख । फेयरप्ले एपमा आईपीएल २०२३ को अवैध प्रसारणको सम्बन्धमा भारतको महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका

काठमाडौँ, १२ वैशाख । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सीको घर’ले उच्च शो पाएको छ । आजबाट अग्रिम बुकिङ

काठमाडौँ, १२ वैशाख । फिल्म ‘घरज्वाइँ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण