अप्रिल फूल नमनाउने गुगलको घोषणा

एजेन्सी, १९ चैत । आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फूल’ । समाचार अनुसार गुगलले यो वर्ष अप्रिल फूल दिवसको प्रान्क रद्द गरेको छ । गुगलको मार्केटिङ विभागका प्रमुख लोरिन टुहिलले कम्पनीका उच्च पदस्थ कर्मचारीहरुलाई इमेलमार्फत् पत्राचार गर्दै गुगलले यस वर्ष अप्रिल फूल मनाउने आफ्नो परम्परालाई थाँति राखेको बताएका छन् ।

यस दिनमा मान्छेहरु एक अर्कालाई मुर्ख बनाएर तथा ठट्टा गरेर रमाउने गर्छन् । तर कोरोना भाइरसले विश्वका मानिसहरुलाई आतंकित इमेलमा भनिएको छ, ‘सामान्य अवस्थामा अप्रिल फूल गुगलको परम्परा हो । यसले गुगल परम्परागत ढर्राको कम्पनी होइन र रमाइलो पनि गरिन्छ भन्ने देखाउँदछ । तर यो वर्ष कोरोना भाइरसको महामारीसँग लडिरहेकाहरुको सम्मानमा हामीले यो परम्परालाई थाँति राख्दैछौँ । अहिलेको हाम्रो सबैभन्दा ठूलो लक्ष्य भनेकै मानिसहरुको सहयोगी बन्नु हो । त्यसैले हाम्रा ठट्टाहरु अर्को अप्रिलका लागि जोगाई राखौँ । त्यतिबेला निश्चित रुपमा अहिले भन्दा निकै रमाइलो हुनेछ ।’

गुगलले दुई दशकदेखि अप्रिल फूल मनाउँदै आएको छ । अप्रिल १ को दिन आफ्ना विभिन्न प्लाटफर्महरुमा गुगलले प्रांक गर्ने गर्दछ । तर यो पटक कोरोना विरुद्धको लडाइँमा गुगलले आफूलाई समाहित गरेको छ । कोभिड–१९ सहायता कार्यहरुमा गुगलले ८० करोड डलर सहयोगको प्रतिबद्धता जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको