एसईई विद्यार्थीका लागि नयाँ सुविधा

काठमाडौँ, १९ चैत । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका छन् ।

विद्यार्थीको परीक्षाको तयारीमा सुविधा पुग्नुका साथै अभिभावकलाई समेत केही राहत महसुस होस् भनेर शिक्षकको छाता संस्था नेपाल शिक्षक महासङ्घको पहलमा विद्यार्थीका प्रश्नको जिज्ञासा घरमै समाधान गरिदिने उपायको खोजी गरिएको हो ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले एसईईका विद्यार्थी केही दिनदेखि निकै तनावमा परेको र अभिभावकसमेत यसबाट पीडित भएकाले परीक्षा तयारी सहज बनाउन यस खालको प्रबन्ध गरिएको बताउनुभयो ।

विद्यार्थीले अब अङ्ग्रेजी, नेपाली, विज्ञान, गणित, सामाजिक विषयको कुनै प्रश्नको उत्तर नआए टेलिफोनबाटै विषय विज्ञ शिक्षकलाई सोध्न पाउनेभएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसितको समन्वयमा शिक्षक विद्यार्थीको टेलिफोन संवादलाई टोल फ्री नम्बर बनाएर निःशुल्क बनाइने योजना रहेको महासङ्घका अध्यक्ष थापाले बताउनुभयो ।

महासङ्घले यसका लागि एक विषयका सात शिक्षकको सूची सार्वजनिक गरेको छ । सबै प्रदेशबाट सबै विषयमा एक÷एक शिक्षक रहनेगरी कुल ३५ शिक्षकको सूची तयार पारिएको बताइएको छ । रोस्टरमा रहेका शिक्षकमध्ये विद्यार्थीले जुनसुकै शिक्षकलाई पनि सोध्न सक्नेछन् ।

लामो समयदेखि विद्यार्थी शिक्षकसँग सम्पर्कबाहिर रहेको र केही नजानेको कुरासमेत सोध्न नपाउने अवस्थामा विद्यार्थीको पठनपाठनमा झनै समस्यामा पर्ने भएकाले आफूहरूले यस खालको उपाय निकालेको उहाँले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ