काठमाडौँ, १८ चैत । सनराइज बैंकले सैनिक अस्पतालका लागि व्यक्तिगत सुरक्षा सामग्री पीपीई हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले मंगलबार भद्रकालीस्थित सेनाको कार्यालयमा सैनिक कल्याणकारी कोषका प्रमुख सागरबहादुर केसी र सैनिक अस्पतालका डा. नरेन्द्रबहादुर केसीलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले ७० थान व्यक्तिगत सुरक्षा सामग्री पीपीई सहयोग स्वरूप उपलब्ध गराएको हो । त्यसमा ५० थान एकपटक मात्रै प्रयोग गर्न मिल्ने र २० थान पुनः प्रयोग गर्न सकिने प्रकारका छन् । त्यसैगरी, पञ्जा, मास्कलगायत सामग्री पनि बैंकले उपलब्ध गराएको छ





