कोरोना रोकथाम कोषमा १५ करोड ३१ लाख

काठमाडौँ, १५ चैत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको सङ्क्रमण फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रण गर्न सरकारले स्थापना गरेको कोषमा अहिलेसम्म १५ करोड ३१ लाख रुपियाँ जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्दकुमार पौडेलले केन्द्रीय कोषमा शुक्रबारसम्म १५ करोड ३१ लाख रुपियाँ जम्मा भएको छ भन्नुभयो । सो कोषमा नाम नखुलेका तथा एक लाख रुपियाँभन्दा कम सहयोग गर्ने विभिन्न सङ्घसंस्थाबाट करिब २५ लाख रुपियाँ जम्मा छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाको तलब बराबरको रकमसहित उक्त कोषमा २० करोड रुपियाँ आउने क्रममा रहेको जानकारीसमेत प्रवक्ता पौडेलले दिनुभयो ।

सरकारले गत आइतबार उक्त कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।सरकारले रकम जम्मा गर्ने आह्वान गरेसँगै उक्त कोषमा सांसद, कर्मचारी, उद्योगी लगायत राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीनको तलब बराबरको तलब कोषमा जम्मा गर्ने भएका छन् । चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि केन्द्रीय कोष स्थापना गर्ने निर्णय गरेको थियो । कोषमा सरकारले ५० करोड रुपियाँ राख्ने छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार एलसेल प्रालिले दस करोड रुपियाँ, कृषि विकास बैङ्कले एक करोड २५ लाख रुपियाँ, निर्माण व्यवसायी कोषले एक करोड रुपियाँ, भाटभटेनी सुपरमार्केटले एक करोड रुपियाँ, एनईबीएलले एक करोड, नेपाली काँग्रेस केन्द्रीय कार्यालयले ५० लाख रुपियाँ उक्त कोषमा जम्मा गरेका छन् ।सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनले दुई लाख रुपियाँ जम्मा गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज