ठप्पै भयो रेमिट्यान्स

काठमाडौँ, १५ चैत । रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ ।

नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकलाई केलाउँदा रेमिट्यान्स आप्रवाह घटेको देखिएको छ । जब कि माघमा चीनबाहेक अन्यत्र कारोनाको प्रभाव कम थियो । गत वर्षका सात महिना (वैशाख–कात्तिक)मा २८ दशमलव ५ प्रतिशतले बढेको रेमिट्यान्स चालू आर्थिक वर्षका सात महिनामा शुन्य दशमलव ५ प्रतिशतले घटेको हो ।

यो अवधिमा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकको तथ्यांक छ । कोरोनाका कारण नेपाली मुद्रा कमजोर भई अमेरिकी डलर बलियो हुँदै जाँदा अमेरिकी डलरमा रेमिट्यान्सको आप्रवाहमा शून्य दशमलव दुई प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा हिसाब गर्दा आप्रवाह १६ प्रतिशतले बढेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न

काठमाडौँ, १९ कार्तिक । नेपालका लागि अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । आज

काठमाडौँ, १९ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले आगामी लगानी सम्मेलनलाई परियोजना घोषणामा मात्र सीमित नगरी मुलुकमा बनेका लगानीमैत्री

काठमाडौँ, १९ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी हेडक्वाटर पुगेर डा. मनोजकुमार केसीले मातहत प्रहरी कर्मचारीलाई निर्देशन