संयम बनौं, एशियामा कोरोनाको संक्रमण भयभितै हुने खालको छैन : मुख्यमन्त्री पोखरेल

shankar-pokharel

काठमाडौँ, १३ चैत । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले एशियाका नागरिकमा संक्रमण र त्यसको निदानको अवस्था भयभितै हुने खालको नभएको बताउनुभएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमणले विश्व नै भयवित भइरहेको प्रशंगलाई कोट्याउँदै उहाँले विज्ञहरुले उक्त भयलाई हटाउन र विश्वमा सकारात्मक सन्देश प्रवाह गर्न पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उक्त कुरामा जोड दिनुभएको हो । उहाँले भन्नुभएको छ, ‘एशियामा कोरोना भाइरसको संक्रमण र निदानको अवस्था भयभितै हुने खालको छैन । विज्ञहरुले यस सन्दर्भमा उत्पन्न भय हटाउन पहल गर्नुपर्यो ।’

विकसित मुलुकहरुमा महामारिको रुपमा मात्र नभई अर्थतन्त्रलाई नै तहसनहस पर्ने गरी व्यापक मात्रामा फैलिएको कोरोना भाईरसको संक्रमणले एसियामा ठूलै समस्या उत्पन्न गराउन सकेको छैन । जसमा हाम्रो मुलुक नेपालमा भने हालसम्म तीन जनामा मात्र संक्रमण देखिएको त्यसमा पनि एक जना पूर्णरुपमा स्वस्थ भई घर पर्किएका छन् । त्यसलाई नै लक्षीत गर्दै उहाँले भयको वातावरणलाई हटाई संयम र सर्तकका साथ सरकारले गरेको लकडाउनको कार्यलाई साथ दिन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २५ चैत । कोरोनाभाइरसको डरका कारण फ्रान्सको एक फुटबल क्लब रिम्सका डाक्टर बर्नाड गोन्जालेजले आत्माहत्या गरेका छन् । ६०

एजेन्सी, २५ चैत । लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु भएको छ । एलायन्सका सेक्रेटरी खलेद

एजेन्सी, २४ चैत । अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बीबीसीका अनुसार अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स

एजेन्सी, २४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ । बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको