कोरोनाविरूद्ध लडिरहेकी एक नर्सद्वारा आत्महत्या !

एजेन्सी, १३ चैत । एक इटालियन नर्सले आफूमा कोरोना भाइरस पोजिटिभ देखिएपछि आत्महत्या गरेकी छिन् ।

उनले आफैमा कोरोनाको कहर सुरु हुन लागेको थाहा पाएपछि थप अरुलाई संक्रमण नबढोस् भनेर आत्महत्या गरेको त्यहाँस्थित नर्सहरुको महासंघले खुलासा गरेको छ । ३४ वर्षीया डानिएला ट्रेजी नामकी ती नर्स इटालीको सबैभन्दा खराब रुपले कोरोना प्रभावित क्षेत्र लोम्बार्डीको एक अस्पतालमा कार्यरत थिइन् ।

टेलिग्राफका अनुसार सुरूदेखि नै कोरोनाविरूद्धको मोर्चामा खटिएकी ती नर्सले आत्महत्या गर्नुअघि एक नोट लेखेकी थिइन् । जसमा भनिएको छ, ‘जब कोरोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्दागर्दै म आफैँ संक्रमित भएको थाहा पाएँ, तब अरु मानिसलाई थप संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता मभित्र थिएन । अरु धेरैको जीवन बचाउन मैले आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ चैत । एजेन्टलाई ‘चार्टर्ड फ्लाइट’बापतको कमिसन नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमका नेतृत्वलाई

काठमाडौँ, २५ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज मंगलबार बस्ने भएको छ  । आज दिउँसो

काठमाडौँ, २४ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जुन अस्पतालमा कोरानाको बिरामीको उपचार हुन्छ त्यो अस्पताल पूर्ण रुपमा कोरोनाकै

काठमाडौँ, २४ चैत । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको