कोरोना भाइरस मानवजातिकै लागि खतरा : राष्ट्रसंघ महासचिव गुटेरेस

एजेन्सी, १३ चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस महामारी सम्पूर्ण मानवताका लागि खतरा रहेको बताएका छन् ।

महासचिव गुटेरेसले कोरोनाविरुद्ध देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताउँदै उनले त्यसविरुद्ध सम्पूर्ण मतभेदहरु बिर्सेर सबै राष्ट्र लागिपर्नुपर्ने पनि बताएका छन् । उनले कोरोना भाइरस मानवताविरुद्ध रहेकाले यसमाथि राजनीति गर्न नहुने समेत बताए ।

यससँगै आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले २ अर्ब डलर कोषको घोषणा गरेको छ । विकासोन्मुख र गरिब देशहरुमा कोरोना महामारी फैलिएमा लाखौँ मानिसले ज्यान गुमाउने अवस्था आउन सक्ने संघको भनाइ छ ।

सम्पन्न देशहरूको समूह जी सेभेनका विदेशमन्त्रीहरूमाझ कोरोनाभाइरसको स्रोतसम्बन्धी वक्तव्यमा राखिने वाक्यबारे मतभेद भएको बिबिसीले जनाएको छ । वक्तव्यमा अमेरिकाले ‘चीनको नियतवश गलत सूचना अभियान’ उल्लेख हुनुपर्ने बताए पनि अन्य कैयन् सदस्य देशहरूले भने त्यसलाई अनावश्यक विभाजनकारी भनेर अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ चैत । एजेन्टलाई ‘चार्टर्ड फ्लाइट’बापतको कमिसन नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमका नेतृत्वलाई

काठमाडौँ, २५ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज मंगलबार बस्ने भएको छ  । आज दिउँसो

काठमाडौँ, २४ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जुन अस्पतालमा कोरानाको बिरामीको उपचार हुन्छ त्यो अस्पताल पूर्ण रुपमा कोरोनाकै

काठमाडौँ, २४ चैत । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको