एनटीसीको मोबाइल रिचार्ज गर्दा शत प्रतिशत बोनस

काठमाडौँ, १२ चैत । कोरोनाभाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि मुलुकलाई पूर्ण रुपमा लकडाउन घोषणा गरिएको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल रिचार्जमा शत प्रतिशत बोनसको व्यवस्था गरेको छ ।

टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन उक्त सेवाको रिचार्जमा शत प्रतिशत बोनसको व्यवस्था यही चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुने विज्ञप्तीमार्फत जनाएको छ ।

रिचार्ज कार्ड प्रयोग गरी रु. ५० र रु. १०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने रु. २०० र रु. ५०० को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । त्यसैगरी रु. १००० को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत रु. १० देखि रु. ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ । साथै रु. १०० देखि रु. ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ । यसैगरी रु. ५०० देखि रु. ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने रु. १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६