लण्डनमा भगवतीसँग भेटेकी साम्राज्ञीलाई तनाव !

काठमाडौँ, १२ चैत । केही समय अगाडि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह लण्डन पुगेकी थिईन । चलचित्र ‘मारुनी’को प्रदर्शनको लागि गएकी उनी नेपाल फर्किएको तीन साता भयो ।

लण्डनमा साम्राज्ञीको भेट भगवती रानाभाटसँग भएको थियो । रानाभाटले साम्राज्ञीसँग तस्विर पनि खिचाइन् । त्यही भेटले साम्राज्ञीलाई अहिले तनाव दिएको छ ।

किनकी, भगवती कोरोना संक्रमण देखिएर अस्पताल भर्ना भएकी छन् । भगवतीले स्वयम्ले सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएको जानकारी दिएकी थिइन् ।

साम्राज्ञी आफूले भगवतीलाई त्यहीँ पहिलो पटक भेटेको बताउँछिन् । उनले भनिन्, ‘म उहाँलाई चिन्दिन । २३ दिन अगाडि चलचित्र प्रदर्शनको शिलशिलामा उहाँलाई भेटेको थिए । त्यहाँ फोटो खिचियो । त्यती मात्रै हो ।’

साम्राज्ञी अहिले पुर्णरुपमा स्वस्थ छिन् । उनी आफ्नै घरमा समय बिताईरहेकी छिन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २५ चैत । कोरोनाभाइरसको डरका कारण फ्रान्सको एक फुटबल क्लब रिम्सका डाक्टर बर्नाड गोन्जालेजले आत्माहत्या गरेका छन् । ६०

एजेन्सी, २५ चैत । लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु भएको छ । एलायन्सका सेक्रेटरी खलेद

एजेन्सी, २४ चैत । अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बीबीसीका अनुसार अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स

एजेन्सी, २४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ । बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको